भक्तपुर । दसैँ नजिक आएसँगै भक्तपुर नगरपालिकाले आज पनि बजार अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज वंशगोपाल क्षेत्रमा रहेका पसल एवं मिनिमार्टहरुको अनुगमन गर्दा दसैँको मौकामा म्याद गुज्रेका खाद्य सामगीहरु बिक्रीका लागि राखेको पाइएको छ ।
अनुगमनमा अजिमा स्टोर मार्केटमा म्याद नाघेको र लेबल नभएको १६ प्रकारका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
त्यस्तै राज्य स्टोर, कमलविनायक मिनिमार्ट, के.एम.मार्टमा मिति र लेबल नभएको खाद्य पदार्थ बिक्रीमा राखेको, म्याद गुज्रेका खाद्य वस्तु बिक्रीमा राखेको, कुहिएको सामान पनि बिक्री गर्ने सामानसँगै राखिएको पाइएपछि करिब १७ प्रकारका म्याद नाघेका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ । अधिकांश पसलमा लेबल नभएको प्याकेजिङ सामानहरु खाद्य अनुज्ञापत्र नलिएको, लेबल नराखेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको र म्याद गुज्रेकै सामान बिक्री गरेको पाइएको छ ।
त्यस्तै मासु संसारमा बिक्रीका लागि राखेको बिग्रेको मासु २४ किलो जफत गरी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । मासु पसल, फ्रिज फोहोर भएको, बिग्रेको मासु फ्रिजमा राखेको, पसल तथा ढक तराजु नवीकरण नगरेकाले तराजु जफत गरी दसैँलगत्तै कार्यालयमा उपस्थित हुने निर्देशन दिएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …