तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं (अस) । नेपालमा रुचाइएको गोल्डस्टार सुजले संयुक्त राज्य अमेरिकी बजारमा प्रवेश गरेको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो उत्पादन विक्रीवितरण शुरू गर्ने भएको छ ।

न्यूयोर्कमा आयोजित कार्यक्रममा किरण सुज म्यानुफ्याक्चरर्सका अध्यक्ष आमिर प्रताप राणाले गोल्डस्टार जुत्ता संयुक्त राज्यका निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरे । कम्पनीका अनुसार अक्टोबर १७ र २४ मा टेक्सास र सनफ्रान्सिस्कोमा यसको विधिवत् उद्घाटन हुने भएको छ ।

कार्यक्रममा राणाले संयुक्त राज्य अमेरिकामा संसारकै सबैभन्दा अग्लो स्थानमा बनेका डिजाइनहरू ल्याउन पाउँदा गर्व लागेको बताए ।

उनले भने, ‘हाम्रो तीन दशकको अनुभवमा दुई महाद्वीपहरू पार गरी अब संयुक्त राज्य अमेरिकामा आइपुगेका छौं । यो सबैभन्दा गर्वको कुरा हो र हामी अमेरिकामा पनि आकर्षक जुत्ताहरू ल्याउने कुरामा प्रतिबद्ध छौं ।’

कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतम, गोल्डस्टारबाट कार्यकारी निर्देशक श्रीमती विदुषी राणा, ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सका अध्यक्ष मार्क ज्याफ पनि उपस्थित थिए ।

महावाणिज्यदूत गौतमले नेपाली उद्यमी र व्यापारिक समुदायका लागि यो गर्वको क्षण भको बताए । उनले अबका दिनमा नेपाली उत्पादनहरु विश्वव्यापी उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

किरण सुज म्यानुफ्याक्चरर्सकी कार्यकारी निर्देशक  राणाले भनिन्, ‘हाम्रो मेहनतले आज सात समुद्र पार गरेको छ । हामीले सामाजिक सञ्जालमा गोल्डस्टार जुत्ताप्रतिको आकर्षण देखेकै थियौं । आज त्यो आकर्षणलाई नै लिएर हामी अमेरिका आइपुगेका छौं ।’ ग्रेटर न्यु योर्क चेम्बर अफ कमर्सका अध्यक्ष र सीईओ ज्याफले गोल्डस्टारलाई अमेरिकामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यसले अमेरिकीहरूको मन जित्नेछ भन्नेमा म विश्वस्त छु ।’ उनले गोल्डस्टारले अमेरिकी ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने बताए ।

मेरील्याण्ड हाउस अफ डेलिगेट्सका सदस्य ह्यारी भण्डारीले गोल्डस्टार टोलीलाई अमेरिकी बजारमा प्रवेशका लागि बधाई र सफलताको शुभकामना दिए । गोल्डस्टारको जुत्ता स्वर्गीय नूरप्रताप राणाको परिकल्पना हो । सबै नेपाली घरहरूमा सस्तो तर टिकाउ जुत्ता ल्याउने उनको सपनाको प्रतिफल हो । किरण सु म्यानुफ्याक्चरर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको निर्माण गर्न थालेको हो ।

विश्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरावलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न सुरू गरेको छ । गोल्डस्टार जुत्ताले २००० को सुरुमा भारतमा आफ्नो व्यापार विस्तार गर्‍यो  यसले भारतमा राम्रो चर्चा पायो । गोल्डस्टार जुत्ता अष्ट्रेलिया, जापान र कतारमा पनि विस्तार भइसकेको छ । अमेरिकमा पनि यसको विक्री हुन थालेपछि यसको विस्तार झनै बढ्ने देखिएको छ । अभियान दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …