तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ । 

आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।  

प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म गरिने छ । सात प्रदेश कार्यसमितिको अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने जनाइएको छ । 

जिल्लाका हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कात्तिक १५ गतेसम्म, प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक १७ गतेसम्म र जिल्ला अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …