तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले कोरोनाका समयमा पनि भइरहेको निर्माणले आँफुलाई खुसी लागेको बताउनुभएको हो ।

विमानस्थल सञ्चालनमा ल्याउन समस्याका रुपमा रहेको विमानस्थलको दक्षिणतर्फस्थित रिट्ठेपानी डाँडा काट्ने काम अघि बढाउन सरकारले सहजीकरण गर्ने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको भौतिक प्रगतिप्रति म खुसी छु, डाँडा कटानका लागि सरकारले सहजीकरण गर्छ ।” प्रधानमन्त्री देउवालाई पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आयोजना निर्देशक प्रदीप अधिकारीले हालसम्मको भौतिक प्रगति तथा निर्माणका क्रममा आइपरेका समस्याका बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार हालसम्म ८५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । पूर्ववत् सम्झौताअनुसार गत साउनमा सम्पन्न हुनुपर्ने उक्त आयोजना विश्व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित समयमा पूरा हुन नसकेको हो । विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले आयोजनाको म्याद एक वर्ष थप भएकाले यस अवधिमा सबै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिनुभयो । विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग (रनवे) गत वर्ष नै सम्पन्न भएको थियो । टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर लगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर साजसज्जा र विद्युत तथा उपकरण जडान गर्ने काम भइरहेको छ

जग्गा अधिग्रहणको ९९ प्रतिशत कार्य सकिएको बताइन्छ । विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । रु २२ अर्बको लगानीमा चीनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ । विमानस्थलका लागि विसं २०३१ मा छिनेडाँडाको तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । प्रधानमन्त्रीको निरीक्षणका क्रममा आयोजनाका तर्फबाट रिट्ठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र आयल निगमको डिपो निर्माण आदि काममा ढिलाइलगायतका विषयमा बुँदागतरुपमा जानकारी गराइएको आयोजना प्रमुख मुनकर्मी बताउनुभयो ।

उहाँले भन्नुभयो, “एप्रोचमा पर्ने रिठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र आयल डिपो र वर्षातको समयमा नहरको पानीको समस्या समाधान गर्न ठोसरुपमा काम अघि बढ्न सकेको छैन, यसका सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराएका छौँ ।” निरीक्षणका क्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्री मणिभद्र शर्मा कंडेल, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, कास्की कांग्रेसका सभापति कृष्ण केसीलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवा विमानस्थको निरीक्षणपछि राजधानी काठमाडौँ फर्कनुभएको छ । उहाँ आइतबार साक्षर गण्डकी प्रदेश घोषणा कार्यक्रममा सहभागी बन्न पोखरा आउनुभएको थियो । पोखरा बसाइका क्रममा उहाँले उक्त कार्यक्रमका साथै नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटमा व्यस्त हुनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …