तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय आत्मविश्वासको बलियो भावना र राष्ट्रिय परिकल्पनालाई साकार पार्न र स्थिर र शान्तिपूर्ण विकासलाई निरन्तरता दिन ठोस प्रयासको आह्वान गर्नुभएको छ। सन् १९११ को क्रान्तिको स्मरणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो कुरा बताउँनुभएको हो ।

उक्त अवसरमा राष्ट्रपति सीले भन्नुभयो- विगत ११० वर्षले हामीलाई राष्ट्रिय कायाकल्पको अनुभूति गर्नका लागि हामीलाई एक स्थिर र एकजुट घरेलु वातावरण मात्र नभई एक शान्तिपूर्ण र स्थिर अन्तरराष्ट्रिय वातावरणको पनि आवश्यकता औल्याएको छ। राष्ट्रपति सीले  चीनले आगामी दिनमा शान्ति, सद्भाव, पारस्परिक लाभ, समान लाभको भविष्य र मानव समुदायको उज्ज्वल भविष्यका लागि सुन्दर र सार्थक विश्व व्यवस्थाको निम्ति झण्डा उठाउने बताउँनुभएको छ। 

“हामी शान्ति, विकास, निष्पक्षता, न्याय, लोकतन्त्र, र स्वतन्त्रताका साझा मानव मूल्यहरू लाई बढावा दिनेछौं, अन्य सबै देशका जनता सँग एकता बलियो बनाउनका लागि काम गर्नेछौं, र आधिपत्य र सत्ता राजनीतिको विरोध को साझा प्रयासमा संलग्न हुनेछौं।“ सीले जोड दिनुभयो । 

सी ले थप जोड दिदै भन्नुभयो- चीन विश्वशान्ति को एक च्याम्पियन, वैश्विक विकासका लागि एक योगदानकर्ता, र अन्तरराष्ट्रिय व्यवस्थाका लागि एक रक्षक रहनेछ र हामी मानवताका लागि अझ ठूलो योगदान गर्नका लागि हाम्रो सबैभन्दा राम्रो कार्य गर्नेछौं।  त्यसैगरी फरक सन्दर्भमा रष्ट्रपति सीले ताइवानको विषय चीनको कमजोरीबाट उठेको र यसलाई राष्ट्रिय एकताबाटै समाधान गरिने बताउँनुभएको छ। 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …