तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताउनुभयो । 

पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उहाँले सकेसम्म एकता गरी सर्वसम्मत नेतृत्व चयन र नसकेमा प्रजातन्त्रिक प्रणालीबाट सौहार्द रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो । जित हारपछि पनि जित्ने मातिन नहुने र हार्ने आत्तिन नहुने उल्लेख गर्दै उहाँले पार्टीमा एकता र सद्भाव जरुरी रहेको बताउनुभयो ।

प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यले पार्टीमा लामो समयसम्म योगदान गर्नुभएको र उहाँले पार्टीबाट लिनेभन्दा पनि दिने काम गर्नुभएको भन्दै सभापति देउवाले आचार्यकोे योगदानलाई पार्टीले सधैँ सम्मान गर्ने धारणा राख्नुभयो । पोखरा पर्यटनको राजधानी भएको बताउँदै उहाँले यहाँ धेरै सम्भावना रहेको र कोरोनाका कारण अहिले केही प्रभावित पारेको बताउनुभयो । कोरोना क्रमशः नियन्त्रण हुँदै गएको र बेलायतले पनि नेपालीलाई भिसा दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश जटिल मोडमा रहेको काँग्रेसको नेतृत्व आवश्यक हुने गरेको बताउँदै इतिहासले पुनः कांग्रेसमाथि जिम्मेवारी प्रदान गरेको बताउनुभयो । कास्की कांग्रेसका सभापति कृष्ण केसीले निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई प्राप्त जिम्मेवारीलाई गम्भीरताका साथ लिँदै देश र जनताका काममा क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सो अवसरमा सभापति देउवाले प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गर्नुभयो । प्रजातन्त्र सेनानी आचार्यले नेपाली कांग्रेस पोखरा–७ एकाइका लागि रु ५० लाख सहयोग हस्तान्तरण गर्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …