तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुद बनाउनमा हरेक कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । 

नेपाली कांग्रेस टोखा नगरपालिका–११ ले दसैँको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुनुपर्ने भन्दै कांग्रेसलाई बलियो बनाउन हरेक नेता तथा कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो । 

“पार्टीलाई संस्थागत, विधिसम्मत रुपमा जनताको हित हुने गरी सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो । राजनीति मुद्दा अन्त्य भएकाले अब देशलाई आर्थिक विकासको खाँचो रहेको उहाँको भनाइ थियो । 

पूर्वउपप्रधानन्त्री सिंहले निर्वाचनमा कांग्रेसले जितेको प्रत्यक्षतर्फ २३ सिटमध्ये चार सिट जितेको काठमाडौँबाट वर्तमान सरकारमा प्रतिनिधित्व हुन नसक्नु दुःखद् भएको बताउनुभयो । राजनीतिमा न्याय हुनुपर्ने नेता सिंहको भनाइ थियो । उहाँले काँग्रेसभित्र पदीय जिम्मेवारी निर्वाहमा सबै लाग्नुपर्ने बताउनुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …