तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जुम्ला । जुम्लामा ४६ हजार ६४२ जनाले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप लगाएका छन् । 

पहिलो र दोस्रो मात्रा गरी जिल्लामा सो सङ्ख्यामा नागरिकले कोरोनाविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । उहाँका अनुसार जिल्लामा पूरा मात्रामा खोप लगाउनेको सङ्ख्या १९ हजार ८४७ रहेका छन् । २७ हजार ७९७ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । जिल्लामा कोभिड– १९ विरुद्धको खोप १८ वर्षदेखि माथिकालाई दिएको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले बताउनुभयो । 

खोप लगाउन छुटेका र बाँकी रहेका नागरिकलाई अब छिट्टै खोप लगाइने छ । दोस्रो खोपको पर्खाइमा बसेका नागरिकलाई पनि छिट्टै खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न सबैमा आग्रह गरेको छ । दसैँ, तिहार नजिकिँदै गर्दा सहर बजारमा भिडभाड बढेको देखिन्छ । यसले कोरोना फैलाउने देखिन्छ । भिडभाड नगरी सुरक्षितरुपमा दसैँ, तिहार मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । रासस                                                                                                         

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …