तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

माडी नगरपालिकामा भेटेरिनरी अस्पताल सञ्चालनमा आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशु सेवा केन्द्र भवन माडीमा अस्पतालको सेवा सुरु गरिएको हो ।

आयोजनाले भवन हस्तान्तरण गरेसँगै अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । आयोजना निर्देशक डा उमेश दाहालले शुक्रबार भवन प्रमुख ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । सोही सेवा केन्द्रलाई अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको हो । नेपालमा नै पहिलोपटक स्थानिय तहद्वारा सञ्चालित भेटेरिनरी अस्पताल ‘माडी भेटेरिनरी अस्पताल’ रहेको ढकालको भनाइ छ । आयोजनाले रु ९० लाखको लागतमा निर्माण गरेको सो केन्द्र माडी भेटेरिनरी अस्पतालबाट व्यवस्थित प्रयोगशाला, थुनेलो परीक्षण, गोबर जाँच तथा लार्भा परीक्षण सेवा, माछा पोखरीको पानी परीक्षण गरिने छ । साथै पशु पन्छीको बहिरङ्ग सेवा, शल्यक्रिया तथा शव परीक्षण र विशेषज्ञ सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । अस्पतालमा एक जना पशु विज्ञ चिकित्सकसहित विभिन्न रोगका विशेषज्ञ व्यक्तिले सेवा दिनेछन् । यस अस्पतालबाट निकट भविष्यमा नै रगत परीक्षण, भिडियो एक्सरे, कल्चर सेवालगायतका सेवा दिने तयारी गरिएको ढकालको भनाइ छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …