तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् । देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा प्रधानन्यायधीश चोलेन्द्रशमसेर जबराको कोटाबाट गैरसांसद रहेका राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि यस कार्यको सर्वत्र विरोध भएको छ ।

प्रधानमन्त्रीको यस्तो कार्यले लोकतन्त्र समाप्त हुन सक्ने चेतावनीसमेत नागरिक अगुवा र कानुनविद्हरूले दिएका छन् । प्रधानमन्त्री देउवाको सो कार्यको उनकै पार्टी कांग्रेसभित्र समेत तीव्र विरोध र आलोचना भएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको सो कार्यको पार्टीकै वरिष्ठ नेताहरूले तीव्र विरोध गरेका हुन् । कांग्रेस नेताहरूले गैरसांसदलाई मन्त्री बनाउने कार्यको विरोध मात्रै गरेका छैनन्, आफ्नै सभापतिको त्यस प्रकारको गलत कार्यले लोकतन्त्र मासिन सक्ने खतरासमेत औंल्याएका छन् ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शुक्रबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशलाई भाग दिएर लोकतन्त्र र प्रजातन्त्र समाप्त पार्ने खेल गरिरहेको आरोप लगाए ।

विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मन्त्रिपरिषद्मा भाग दिएर शक्ति सन्तुलनको सिद्धान्त बिगारिएको र त्यसको प्रभाव लोकतन्त्र र प्रजातन्त्रमा पर्ने बताए ।

प्रधानन्यायाधीशलाई मन्त्रिमण्डलमा हिस्सा दिँदा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन समाप्त भएर जाने कोइरालाको दाबी छ । ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलन बिगारेर प्रधानमन्त्री देउवाले प्रजातन्त्र समाप्त पार्ने खेलमा लागेका छन्,’ कोइरालाले भने ।

यसैगरी सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रधानन्यायाधीशको कोटा भनी चर्चामा रहेको व्यक्ति मन्त्री हुनुलाई संयोग मात्र मान्न नसकिने बताएका छन् ।

उनले ‘बाघ पनि कराउने अनि बाख्रो पनि हराउने’ नेपाली उखान मिल्न गएको नभई यो नियोजित देखिएको टिप्पणी गरे । ‘प्रधानन्यायाधीशको आफन्त र उनकै कोटामा हमाल सांसद नै नरहेको अवस्थामा एक्कासि मन्त्री हुँदा न्यायालय पनि विवादमा तानिएको छ,’ उनले भने, ‘प्रधानन्यायाधीश मतलब भएन तर न्यायपालिका निर्विवाद रहनुप¥यो । व्यक्ति विवादित बन्न सक्छ तर न्यायालय विवादित हुन सक्दैन ।’

‘न्यायालय समाप्त पारिँदै छ । यो क्रम खिलराज रेग्मीबाट सुरु भयो,’ उनले भने, ‘सपार्ने हैन बिगार्नेमा प्रतिस्पर्धा भएको छ । न्यायालयप्रति आस्था कम भएको छ ।’

त्यस्तै, राजनीतिक विश्लेषक सुशील गौतमले जुन पृष्ठभूमिबाट हमालको मन्त्रिपरिषद्मा आगमन भयो, त्यसले कसैलाई तत्कालीन रूपमा लाभ भए पनि लोकतन्त्रलाई भने दीर्घकालमा ध्वस्त पार्ने बताए ।

संविधानविद् विपिन अधिकारीले बिना विज्ञता र योग्यता गैरसांसदलाई मन्त्री बनाउँदा त्यसले लोकतन्त्रलाई कमजोर बनाउने बताए ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …