तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सल्यान।  विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाइरहेका शिक्षकले तलवसुविधा नपाएको गुनासो गरेका छन् ।  भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजीस्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएकोले दैनिक गुजारा गर्न निकै समस्या भएको बताउनुभयो । “विगत झैँ यो वर्षको चाड खल्लो हुने भयो । पारिश्रमिक आउने निश्चित नहुँदा थप अन्यौल थपिएको छ”, बुढाले भन्नुभयो । 

विज्ञान विषय पढाउँदै आउनुभएका बर्दियाका युवराज विष्टले दुई वर्षको पारिश्रमिक नपाएपछि विद्यालयबाट राजीनामा दिएर घर फर्किएको बताउनुभयो । आफँुसँगै तीन शिक्षकले तीन वर्षदेखि तलव नपाएको उहाँको दुखेसो छ । विगतमा नियमित पाउँदै आएको तलबभत्ता विगत एक वर्षदेखि रोकिएको जय नेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले बताउनुभयो । तलव नपाएपछि धेरै शिक्षकले छाडेर गएको भएपनि स्थानीय भएकाले विद्यार्थीको भविष्य हेरेर आफूले छोड्न नसकेको उहाँको भनाइ छ । “छोडेर जाने हो विद्यार्थीको भविष्य अन्योलमा पर्ने, नछोडौँ आफ्नो भविष्य अन्योलमा परी रहेको छ”, बुढाले भन्नुभयो । 

विद्यालय समुदायको स्वैच्छिक शुल्क र अन्य स्रोतबाट सञ्चालन भइरहेकाले निजी स्रोतमा पढाउने शिक्षक तलब बिहीन बन्नु परी रहेको  प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी दिनुभयो । नगरपालिकामा धेरै पटक अनुदानको व्यवस्था गरिदिन आग्रह गरेपनि सुनुवाइ नभएको उहाँको भनाइ छ । “विद्यालय नै बन्द गर्ने अवस्था आयो भन्दा पनि विद्यालय बन्द गर्न नदिने तर सहयोग पनि आइरहेको छैन”, शर्माले भन्नुभयो । 

बनगाड कुपिण्डेमा सञ्चालन भएका अधिकांश आधारभुत विद्यालयमा पढाइ रहेका निजी स्रोतका शिक्षकले वषौंदेखि पारिश्रमिक पाएका छैनन् । जिल्लामा विद्यार्थी अनुसारका  दरवन्दीमा शिक्षक नहँुदा विद्यालयले न्यूनतम पारीश्रमिकमा शिक्षक भर्ना गरेर पठनपाठन सञ्चालन गर्दै आएका छन् । तर विद्यालयमा आर्थिक स्रोत अभावका कारण निजी स्रोतका शिक्षकलाई तलव उपलव्ध गराउन नसक्दा शिक्षक मर्कामा पर्दै आएका छन् । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …