तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । केही वर्ष अघिसम्म दशैँ सुरु हुनु अगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुन्थ्यो । आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशँै सुरु हुँदा पनि आकाशमा चङ्गा उडेको देख्न मुस्किल पर्छ । 

बालबालिकादेखि नेपाली युवापुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा चङ्गा उडाउने परम्परा लोप हुँदै‌ गएको छ । बढ्दो सहरीकरणले पनि यो परम्परामा असर पारेको संस्कृतविद्् गणेशराम लाछी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “इन्द्रजात्रा सके लगत्तै चङ्गा उडाउँथ्यौँ तर अहिलेको बालबालिकादेखि युवापुस्ता मोबाइलमै झुन्डिएको देख्दा यो इतिहास बन्ने जस्तो लाग्छ, अब केही वर्षमा चङ्गा र लट्टाई सङ्ग्रहालयमा (म्युजियम) हेर्न जानुपर्छ ।

असनमा विगत ४१ वर्षदेखि चङ्गा पसल व्यापार गर्दै आउनुभएको अनिल श्रेष्ठले पाँच÷छ वर्ष वर्ष अगाडिसम्म मात्रै साउनदेखि असोजसम्मका तीन महिना ५० लाखको चङ्गा बिक्री गरेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले भने त्यस्तो छैन । चार/पाँच लाखको बिक्री हुन पनि मुस्किल हुन्छ ।

कागज, प्लास्टिक तथा कपडाको चङ्गा रहेको सो पसलमा भारत र चीनबाट सामान आउने जानकारी दिनुभयो । लट्टाई भने नेपालकै हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय धेरैजसो प्लास्टिकको चङ्गा रुचाइन थालेको छ, किनभने यो पानी परेको बेलामा पनि उडाउन मिल्छ ।” 

भक्तपुरमा २५ वर्षदेखि चङ्गा व्यापार गर्दै आउनुभएको सर्मिला राजभण्डारीले पनि चङ्गाको व्यापार पहिलाभन्दा निकै खस्केको बताउनुभयो । उहाँले विगतका वर्षमा साउन महिनादेखि भाइटीकासम्म व्यापार हुने चङ्गाको व्यापार हाल करिब ठप्पै भएको गुनासो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, “कुनैबेला दिनमै २०–२५ हजार रुपियाँसम्मको व्यापार पनि गरियो, अहिले एक÷दुई सयको हुन पनि गाह्रो छ ।

ललितपुर पाटनका सुनील श्रेष्ठ पहिला मनोरञ्जनका सामग्री सीमित भएकाले चङ्गा लोकप्रिय भएको तर पछिल्लो समय चङ्गा उडाउने ठाउँको अभावका कारण पनि यस्तो भएको हुनसक्ने बताउनुभयो । 

पहिला पहिला मोबाइल, टिभी, इन्टरनेट थिएन, मनोरञ्जनको माध्यम यही एउटा हुन्थ्यो”, उहाँ सम्झन्नुहुन्छ, “म सानो छँदा यी चीज हेरेरै रमाइलो लाग्थ्यो । हाम्रो हातमा नहुँदा पनि हेरेर रमाउने समय थियो त्यो । हाम्रो संस्कृतिले हामीलाई रमाइलो गर्ने धेरै तरिका दिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …