तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कपिलबस्तु । कपिलबस्तुमा घर भई हाल बेलायतमा रहनु हुने सृजना शर्मा खरेलले आफ्नो स्व. पिताको पुन्य तिथीमा बिद्यालयमा अध्यनरत एक छात्रालाई एक बर्षसम्म लाग्ने सम्पूर्ण खर्च दान गरी आफ्नो स्व. पितालाई सम्झेकी छन । 

खरेलले बुवाको स्मृतिमा कपिलबस्तु जिल्ला बुद्धभूमी नगरपालिका ९ स्थित श्री माध्यमिक बिद्यालयमा कक्षा ५ मा अध्यनरत छात्रा मनिषा लम्साललाई एक बर्षे सम्म बिद्यालयमा लाग्ने शुल्क समेतको सहयोग गरेर आफ्नो स्व. पिताको पुन्य तिथीमा दान गरेकी बिद्यालयका प्राचार्य खगेश्वर खनालले आगमनखबरलाई जानकारी दिनुभयो ।

लम्साल परिवारमा परेको बज्रपातलाई नियालेर हेरेकी खरेल बिद्यालयको पूर्व छात्रा समेत भएको र हाल बेलायत बसोबास गर्दै आएकी खरेलले सोर्हश्राद्ध (द्वादशी तिथी)को अवसर पारेर  आफ्नो बुवा स्व. खेमकोपिला खरेलको स्मृतीमा लम्साललाई एक बर्षे स्कुल शुल्क, कापि, किताब, स्कुल पोशाक र झोला स्व.खेमकोपिला सर्वहित समुह मार्फत आमा, जेठो दाजु /भाउजु लगायत स्कुलका प्रधानाध्यापक खगेश्वर खनालको रोहवरमा उक्त सामाग्री बितरण गरेकी हुन। 

पूर्व बिद्यार्थीबाट स्कुलमा स्थापना गरिएको सरस्वतीको मूर्तीको लागी पनि बेलायतबाट खरेलले केहि रकम समेत  सहयोग गर्नुभएकोछ । बिद्यालय परिवारले स्व. खेमकोपिला खरेलप्रति हार्दिक श्रद्धान्जली दिदै छोरी सृजनाखरेल लगायत परिवारको उत्तरोत्तर प्रगतीको कामना गरेको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …