तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर सरुवा गरिँदा त्यस्ता सरुवा विवादित र त्रुटिपूर्ण देखिएको हो ।

नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सहसचिवकै सरुवामा व्यापक त्रुटि देखिएको छ । यसो त कतिपय मन्त्रालयले गरेका शाखा अधिकृत तथा उपसचिवको सरुवामा समेत त्रुटि देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारले केही दिनअघि मात्रै विभिन्न मन्त्रालय र निकायका गरी ८५ जना सहसचिवको सरुवा गरेको थियो । ती सरुवामध्ये एक दर्जन बढी संख्याका सहसचिवको सरुवामा त्रुटि देखिएको हो । सामान्यतय कुनै पनि मन्त्रालयले गर्ने सरुवामा त्रुटि भएमा सो मन्त्रालयले सरुवा सच्याउन सक्दैन ।

त्यसका लागि मन्त्रिपरिषद्मा नै सच्याउने सम्बन्धी प्रस्ताव लैजानुपर्छ । ती सहसचिवको केही दिनअघि मात्रै सामान्य प्रशासन मन्त्रालयले नै काज सरुवा गरेको थियो । त्यसरी मन्त्रालयले गरेको सरुवा सम्बन्धित मन्त्रालयले सच्याउन नसक्ने भएकाले त्यसको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ ।

अहिले मन्त्रालयमा मन्त्री नभएको र सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफंै हेरेको हुनाले पनि सरुवा संशोधन गर्न केही समस्या पर्न सक्ने बताइएको छ ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार केही स्थानमा दरबन्दी नै नभएको स्थानमा समेत सरुवा भएको पाइएको छ । केही सहसचिवको सरुवामा प्राविधिक समस्यासमेत परेकाले त्यसलाई मिलाउनुपर्ने देखिएको हो ।

सरुवामा त्रुटि गरिँदा सरुवा भएका कर्मचारीको मनोबलसमेत गिर्ने गरेको छ । सरकारले सरुवासम्बन्धी स्पष्ट मापदण्ड र वैज्ञानिक आधार बनाउँन नसक्दा सरुवामा विभिन्न समस्या देखिँदै आएको कर्मचारीको गुनासो छ ।राजधानी दैनिकमा खबर छ 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …