तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

माल्दिभ्स । दक्षिण एसियाली राष्ट्रहरूको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करणमा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित गरेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो ।

नेपालका लागि सब्स्टिच्युट मनीष डांगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरे उनले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गरेका हुन् । 

यस नतिजापछि नेपालको तीन अंक भएको छ र बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ । दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रमण देखिएको थियो र अन्तत: यसले नतिजा पनि देखायो । खेलको ५९ औं मिनेटमा नेपालका लागि किरण लिम्बूले एक उत्कृष्ट बचाउ गरे ।

इब्राहिम हसनको हेडलाई किरणले पोस्टको लिन रोके । यस्तै अञ्जन विष्टले ६५ औं मिनेटमा प्रहार गरेको बल शक्तिशाली रहेन् र एउटा मौका गुमेको थियो । नेसनल स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टिमले निर्णायक सावित हुन सक्ने आक्रमण बुन्न सकेका छैनन् । नेपालका तर्फबाट सम्भव एक मात्र उल्लेखनीय आक्रमण नवयुग श्रेष्ठको नाममा रह्यो ।

खेलको २३ औं मिनेटमा नवयुगले अञ्जन विष्टको पासमा गरेको हेड शक्तिशाली रहेन् र माल्दिभ्सका गोलरक्षक मोहम्मद फैसलले सजिलै जोगाए । माल्दिभ्सले केही आक्रमणमा नेपाली गोलरक्षक किरण लिम्बूलाई दबाबमा राखे पनि डिफेन्डिङ च्याम्पियन त्यसमा सटिक देखिएन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको प्रतियोगिताको पहिलो खेलमा श्रीलंका र बंगलादेशबीच थियो  भने दोस्रो खेलमा नेपालले आयोजक माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गरेको हो   

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्रमुख लक्ष्य साफ च्याम्पियनसिप जित्ने बताए । नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल र रोहित चन्द छन् । 

त्यसैगरी मिडफिल्डरमा विशाल राई, सुनिल बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान र कमल थापा छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा र आसिस लामा छन् । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …