तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा । यहाँको एक विद्यालयका दुई छात्रामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । कोरोना सङ्क्रमणसँगै लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै कक्षा ९ मा अध्ययनरत दुई छात्रामा कोरोना पुष्टि भएपछि तीन दिनका लागि बन्द गरिएको हो । 

स्याङ्जाको चापाकोट नगरपालिका–६ स्थित साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएपछि विद्यालय समयमै नजिकै रहेको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको विद्यालयका प्रधानाध्यापक दीपक बस्ताकोटीले जानकारी दिनुभयो ।

“कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्नेलगायत लक्षण देखिएकाले नजिकैको स्वास्थ्य चौकीमा कोरोना परीक्षण ग¥यौँ”, प्रअ बस्ताकोटीले भन्नुभयो, “ती छात्रामा कोरोना पुष्टि भएपछि उनीसँगै बसेका अन्य १० जना छात्र÷छात्राको पनि एन्टिजेन परीक्षण गर्दा थप एक छात्रामा कोरोना पुष्टि भएको हो ।”

दुई छात्रामा कोरोना पुष्टि भएपछि अन्य विद्यार्थीमा सङ्क्रमण फैलिन नदिनका लागि विद्यालय व्यवस्थापन समिति र चापाकोट नगर शिक्षा समितिको निर्णयबमोजिम आजदेखि तीन दिन विद्यालय बन्द गरिएको प्रअ बस्ताकोटीले बताउनुुभयो ।

आगामी शुक्रबारदेखि विद्यालय सञ्चालन गर्ने र गेटमै ज्वरो परीक्षण गरी लक्षण देखिएका विद्यार्थीको एन्टिजेन परीक्षण गर्ने तयारी भइरहेको चापाकोट नगर शिक्षा शाखा प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो । चापाकोटमा भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आएका छन् । 

अन्य विद्यालयमा यस्तो समस्या नदेखिएकाले पठनपाठन कार्य नियमित सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख न्यौपानेले बताउनुभयो । चापाकोट नगरपालिकाभित्र ४५ सामुदायिक र सात संस्थागत विद्यालय सञ्चालनमा छन् । कोभिड सङ्क्रमण देखिएको साँखर मोहमी माविमा कक्षा १ देखि १० सम्म कूल १७० जना छात्रछात्रा अध्ययनरत छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …