तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ । डुम्रे–लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको पानीका कारण भानुनगरपालिका–८ पाँचसय फाँटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । उक्त स्थानमा असार र साउन महिनामा पटक–पटक पहिरो खस्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।

माथिबाट पहिरो र रुख एकैसाथ खस्दा सडक अवरुद्ध भएकाले पन्छाउनका लागि सडक डिभिजन कार्यालयको डोजर र टिपर मगाइएको पुर्कोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षण कबिन्द्र गुरुङले जानकारी दिनुभयो ।

बिहानैदेखि पहिरो पन्छाउनका लागि डोजर र टिपर पठाइदिन फोन गरे पनि फोन नउठेकाले ढिलाइ भएको उहाँले बताउनुभयो । पछिल्लो समय सम्पर्क गर्दा डोजर र टिपर हिँडिसकेको जानकारी पाएकाले केही समयपछि अवरुद्ध सडक खुलाइने उहाँले जानकारी दिनुभयो ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …