• सोमबार, कार्तिक-१,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। बारामा रहेको जगदम्बा स्टिल्स प्रालिमा भदौ ११ गते एमोनिया ग्यास प्लान्टको पाइपलाइनबाट ग्यास चुहिएर बाहिर फैलिँदा स्थानीयवासी तोडफोडमा उत्रिएको पाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रिस्तरीय निर्णयबाट गठन गरिएको छानबिन समितिले उद्योग परिसरबाहिर ग्यास फैलिएपश्चात स्थानीय बासिन्दा आक्रोशित भई उद्योगभित्र प्रवेश गरी तोडफोड गरेको देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

समितिले उक्त प्रतिवेदन आज गृहमन्त्री खाँणलाई बुझाएको छ । भदौ २१ मा मन्त्रालयका सहसचिव टेकराज निरौलाको संयोजकत्वको नौ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्तिमा ग्यास चुहावटको सूचना प्राप्त भई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले तोडफोड नियन्त्रणको प्रयास गर्दा गर्दै पनि उद्योगमा स्थानीयवासीको भीडले तोडफोड गरेको प्रतिवेदनमा उल्लेख रहेको जनाइएको छ ।

छानबिन समितिले सरकारको तर्फबाट तोडफोडमा संलग्नको पहिचान गरी कानूनबमोजिम कारवाही गर्न र औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सुझाव दिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिले उद्योग सञ्चालन गर्दा औद्योगिक सुरक्षा मापदण्डको पालना गर्न, उद्योगबाट सृजना हुने प्रदूषण नियन्त्रण गर्न र उद्योगमा कामदार तथा कर्मचारी भर्ना गर्दा योग्यता पुगेका स्थानीयवासीलाई प्राथमिकता दिन पनि सुझाव दिएको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले प्राप्त सुझावका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट पहल गरिने जानकारी दिनुभएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

बाँदरले गरायो बैतडीमा उठिबास गाउँ नै छाडेर भारत पलायन

बैतडी । बाँदरले खेतीपाती नास गरेर गाउँमा आतंक मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–५, ६, ८ र १० का १ हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका …

गैरसांसदलाई मन्त्री : ‘लोकतन्त्र मास्ने षड्यन्त्र’

काठमाडौं । संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् । देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई …

संघीय निजामती ऐनमा सरकारको बेवास्ता

काठमाडौं । चालू प्रतिनिधिसभा अन्त गर्ने तयारी गरिरहेको सरकारले अन्ततः यसपटक पनि संघीय निजामती सेवा ऐन नल्याउने निश्चित भएको छ । प्रतिनिधिसभामा झन्डै दुई वर्षदेखि …

दसैं भत्ता खोज्दै सांसद

संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् । काठमाडौँ ।संघीय संसद्का सांसद दसैं भत्ता पाइने/नपाइने बुझ्न …