तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । मुख्यसचिव शङ्करदास बैरागीले राजश्व अनुसन्धान विभागले गर्ने अनुसन्धानलाई प्रविधिमैत्री बनाउन निर्देशन दिनुभएको छ । 

विभागको समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्नुहुँदै उहाँले कानून, नियम, कार्यविधिमा सुधार, समन्वय, क्षमता विकास, अनुगमन, प्रतिवेदन र आमसञ्चारसँग अन्तरक्रिया गर्ने विषयमा ध्यान दिन निर्देशन दिनुभयो ।

गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा सुरक्षा निकाय तथा निजी क्षेत्र समेतको उपस्थिति थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवदीले राजस्व चुहावट नियन्त्रण र विदेशी विनिमय अपचलन नियन्त्रणका लागि अन्तर निकायगत आवद्धता र समन्वय राखेर काम गनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा विभागका महानिर्देशक रामप्रसाद आचार्यले ‘भिसिटिएस’ कार्यान्वयनमा सहयोग गरेकोमा निजीक्षेत्रप्रति सम्मान व्यक्त गर्नुभयो ।

उहाँले राजस्व चुहावट तथा विदेशी विनीमय अपचलनजस्ता कानून विपरितका कार्यलाई हतोत्साही गर्न सम्वन्धित निकायहरूबीच समन्वय राखेर कार्य गर्ने र अनुसन्धानलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।

अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दङ्गालले अपराधिक कार्य कुन हो  भन्ने छुट्याएर सोमा अनुसन्धान केन्द्रित गर्नुपर्ने र अदालतबाट भएको फैसला अध्ययन गरेर सोही बमोजिम अनुसन्धानको रणनीति अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग वाणिज्य महासङ्घका कर समिति सह–सभापति सन्दीपकुमार अग्रवालको सहभागिता थियो ।

उहाँहरूले व्यापारीको प्रतिष्ठामा आँच नआउने गरी अनुसन्धान गर्न र अनौपचारिक अर्थतन्त्रको न्यूनीकरणमा केन्द्रित हुन सुझाव दिनुभयो । कार्यक्रममा विभागअन्तर्गत ४ वटा कार्यालयका तर्फबाट छुट्टाछुट्टै तथा विभागबाट राजस्व चुहावट र विदेशी विनिमय अपचलन नियन्त्रणका सम्बन्धमा प्रस्तुती र छलफल भएको थियो ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …