तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं।मुलकभर यही असोज ३ गते सातौं संविधान दिवस मनाइँदै छ । सातौं संविधान दिवस मनाइँरहँदा सङ्घीय व्यवस्थाको अभ्यास मुलुकमा चार वर्ष पूरा भएर पाँच वर्ष लाग्दैछ । देशभरका ७५३ स्थानीय तहका जननिर्वाचित सरकारले करिब छ महिनापछि आफ्नो पहिलो कार्यकाल सम्पन्न गर्दैछन् ।

तीन तहको सङ्घीय व्यवस्थाको अभ्यासको क्रममा नागरिकदेखि नेतृत्व तहसम्म पुग्दा पूर्णतःविवादित मत कसैको देखिँदैन । संविधान र सङ्घीय व्यवस्था नराम्रो कसैले भनेको छैन अपितु, त्यसको व्यवस्थापन सहितरिकाले हुन नसकेकाप्रति गुनासा भने सर्वत्र छन् । संविधान र यसले व्यवस्था गरेका हकअधिकार कार्यान्वयनप्रति पनि उहाँहरूका गुनासा छन् ।

संविधानको अनुसूचीमा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट उल्लेख गरेको छ । अनुसूची–५ मा सङ्घको अधिकार, अनुसूची–६ मा प्रदेशको अधिकार, अनुसूची–७ मा सङ्घ र प्रदेश, अनुसूची–८ मा स्थानीय तह र अनुसूची–९ मा सङ्घ र प्रदेश तथा स्थानीय तहका साझा सूचीका अधिकार प्रष्ट छन् । ती अधिकारको उपभोग गर्न नपाइएको ताजाकोट गाउँपालिका हुम्लाका अध्यक्ष बाग्दल मल्लले बताउनुभयो ।

“संविधानले व्यवस्था गरेका सङ्घ, प्रदेश र स्थानीय तह साझा अधिकार प्रयोग गर्न पाउनु अझ परको कुरा हो”, अध्यक्ष मल्लले भन्नुभयो, “स्थानीय तहका लागि व्यवस्था गरिएका २२ वटा अधिकारका सूचि पनि उपभोग गर्न पाइएको छैन ।” सङ्घअन्तरगत जिल्लामा अदालत, प्रशासन र वनबाहेक अन्य संरचना नहुने भनिए पनि प्रदेश सरकारले जिल्लामा आफ्ना संरचना खडा गर्नुले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप भएको उहाँको भनाइ थियो ।

सङ्घले रु चार÷पाँच लाख र प्रदेशले एक÷दुई लाखका विकासका योजना दिने तरिकाले प्राप्त अधिकारको खिलाफमा काम भएको अध्यक्ष मल्लले जनाउनुभयो । तीन तहका सरकारको विकास मोडेलको मापदण्ड स्पष्ट हुनुपर्नेमा जोड दिँदै उहाँले सङ्घीयताका कारण मुलुकको मुहार फेरिएको जिकिर गर्नुभयो । उहाँका अनुसार कागजमा लेखिएको अधिकार व्यवहार लागु नहुञ्जेल त्यसको औचित्य रहँदैन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …