तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जाजरकोट । नामका हिसाबले यहाँको जिल्ला अस्पताल ५० शय्याको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल हुँदै गर्दा जाजरकोटमा भने ५० शय्याको अस्पताल हुनु गर्वकै कुरा हो । 

अन्य जिल्लाभन्दा चिकित्सक सङ्ख्या झण्डै दोब्बर बढी छ । अहिले अस्पतालमा एमडीसहित १० चिकित्सक कार्यरत रहँदै आएका छन् । दश चिकित्सकको पालो हप्तामा एकपटक आउने गर्दछ । पटक–पटकका विभिन्न रोगबाट ग्रसित सो समस्या हल गर्न ५० शय्याको अस्पताल बनाउनाका साथै सबैको आशा र भरोसाको केन्द्र विन्दुका रूपमा लिन खोजे पनि दैनिक भरोसा गुम्दै गएको छ । 

भरोसा गुम्दै जाँदा अस्पतालको साख कसरी उठाउने र सबैको पहुँचमा स्वास्थ्यसेवा पु¥याउने भन्नेमा ध्यान जानुको साटो राजनीति गर्ने थलो बन्दा समस्या आएको चिकित्सक भूपेन्द्र मल्लले बताउनुभयो । उहाँले भन्नुभयो ,“आएको बजेटबाट समयमा काम हुँदैन, अधिकांश बजेट फ्रिज भएर जान्छ, सबैले आफ्ना मान्छे भर्ति गर्न खोज्छन्, सुधार गर्न खोज्दा झनै समस्या पार्छन ।” विशेषज्ञ चिकित्सकसहित जिल्लामा सबै खालका उपचारसेवा पाउने मापदण्ड ५० शय्याको अस्पतालको नियम हो ।

 नियम मात्र भएर के गर्नु, दैनिक बिरामी भएर उपचारका लागि जाने सर्वसाधारण पीडा मात्र पोख्छन्”, भौतिक पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर टकेन्द्र रोकायले भन्नुभयो, “व्यवस्थापन गतिलो नहुँदा उपचारभन्दा सास्ती धेरै भएको छ, छिमेकी जिल्लाको निजीस्तरको चौरजहारी अस्पतालमा गएर उपचार गर्नुपर्छ ।” स्वास्थ्यसेवा कार्यालय र जिल्ला अस्पताल एकै व्यवस्थापनले काम गर्दा एकले अर्कोलाई नपत्याउँदा टकराब बढेकाले उपचारदेखि अन्य काममा समेत बाधा पुग्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मलीला बस्नेत बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “मैले सुधार गर्नका लागि धेरै काम गरे तर कर्मचारीले नै बढी राजनीति गर्न खोज्दा सधैँ बाधा उत्पन्न भइरह्यो, चिकित्सकले स्वास्थ्यसेवा कार्यालयलाई नटेर्ने, स्वास्थ्यसेवा कार्यालयले अस्पताललाई हातमा लिएर काम गर्न नसक्ने भएकाले समस्या हुँदै गएको छ ।” 

कुनै काम गरेकी पैसा कहाँबाट आउँछ भन्ने चेतनाबाट अगाडि बढ्दा स्वास्थ्यसेवा कार्यालयको प्रगति हुन नसकेको उहाँले बताउनुभयो । “विकृति र विसङ्गतिको कुरा उठाएर सुधार गर्न खोज्दा फरक आस्था भएकै कारण असहयोग गरे भन्दै कर्मचारी नै उफिन्छन् यहाँ काम गर्न सजिलो छैन”, उहाँले भन्नुभयो । अहिले ५० शय्याको नयाँ भवन निर्माण जारी छ । दुई वर्ष आठ महिनामा निर्माण सम्पन्न गर्नका लागि भवनको काम जारी छ । 

ब्लड बैंकका लागि आएको सामग्री प्रयोगमा नआउँदा बन्द कोठाभित्र थक्याइएको छ । एचडी सेवा सञ्चालनका लागि ल्याइएका अधिकांश सामग्री बन्द कोठामा राखिएका छन् । बिरामी भर्ना गर्ने तर उपचारका लागि बाहिर जिल्लामा सिफारिस मात्र गर्ने थलो भएको स्वास्थ्यसेवा कार्यालयलाई आरोप लाग्दै आएको छ । 

हप्ता दिनअघि मात्र ३० लाख आइरन चक्की कानूनी प्रक्रिया पूरानै नगरी स्वास्थ्यसेवा कार्यालयले रातारात जलाएको थियो । अघिल्लो दुई महिनाअघि सो आइरन चक्की पालिकाले माग गर्दा उपलब्ध नगराएको स्वास्थ्यसेवा कार्यालयले हप्ता दिनअघि रातारात आइरनचक्की म्याद गुजारेर जलाउँदा स्थानीय तहका स्वास्थ्य शाखा आक्रोषित भएका छन् ।

 त्यस्तै प्रसूतिगृहका लागि गत चैतमा आएको सामग्री अहिलेसम्म स्थानीय तहमा नपु¥याउदा काम गर्न गाह्रो भएको भन्दै स्वास्थ्यसेवा कार्यालयको काम गर्ने कार्यशैली प्रति तीव्र विरोध हुँदै आएको छ । भेरी नगरपालिकाका स्वास्थ्यशाखाका जनस्वास्थ्य निरीक्षक दीपक ओलीले भन्नुभयो, “बर्थिङ सेन्टरमा चाहिने सामग्री उपलब्ध गराउन धेरै पटक माग गरे पनि बन्द कोठामा चैतदेखि स्टोर गरी राखिएको छ, हामीलाई दिइदैन ।” स्वास्थ्यसेवा कार्यालयभित्र विवाद भएमा पनि त्यो चेपुवामा हामीलाई पर्न नहुने उहाँले बताउनुभयो ।  

स्वास्थ्यसेवा कार्यालयका निर्मित प्रमुख टीकाराम जैसीले आफूलाई काम गर्न असहयोग भएको बताउनुभयो । “काम गर्ने वातावरण नै छैन, कसको चित बुझाइसक्ने म त हैरान भएँ”, उहाँले भन्नुभयो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …