तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मध्यपुर नगर समितिको बिहीवार आयोजना भएको दोस्रो अधिवेशनमा उहाँले अरु जिल्लामा विद्यालय खुले भन्दै हतारिएर विद्यालय खोले पछुताउनुपर्ने बताउनुभएको हो ।

अठार वर्षमाथि उमेरकाले कोभिडविरुद्धको भ्याक्सिन लगाए पनि १८ वर्षमुनिका बालबालिकामा तेस्रो लहरको कोभिडको जोखिम कायमै रहेको भन्दै उहाँले मध्यपुरथिमि नगरपालिकाले उपत्यकाका १८ वटा नगरपालिकाभन्दा पछि अन्तिममा मात्रै विद्यालय खोल्ने अनुमति दिने बताउनुभयो ।

दशैँमा घर गएर आउनेहरुले थप कोभिडको जोखिम बढाउने भन्दै उहाँले दशैँपछाडि विद्यालय सञ्चालनका लागि पूर्वाधारको तयारी गर्ने र कोभिड महामारीको अवस्था हेरेर मात्रै तिहारपछि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने बताउनुभयो । 

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “सनकका भरमा विद्यालय सञ्चालन गर्दा कोभिडका कारण एउटा विद्यार्थीको मात्रै ज्यान गयो भने के हुन्छ ? त्यसैले भौतिकरूपमा विद्यालय सञ्चालन गरेपछि कुनै पनि विद्यार्थीको भौतिक क्षति नहुने गरी विद्यालय सञ्चालन गर्नुपर्छ अहिले विद्यालय खोल्न हतार नगरौँ ।” अहिले विद्यालयले पनि नाफा घाटा हेर्ने समय नभएको भन्दै उहाँले कोभिड भाइरसले कसैलाई पनि नचिन्ने भएकाले भोलि हुने क्षतिलाई रोक्न आजै सचेत हुनुपर्ने आँैल्याउनुभयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल, प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठ, केन्द्रीय सह कोषाध्यक्ष गणेशबाबु पोखरेल, प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष चन्द्र अधिकारीलगायतले अब मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्ने बताउनुभयो ।

अधिवेशनले निलेश आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा शङ्करकर्ण कायस्थ, सचिवमा रत्नमान शङ्खदेव, कोषाध्यक्षमा सुमन बस्नेत तथा सदस्यमा आशाहरि प्रजापति, बुद्ध बाँडे, मनोज दीक्षित आचार्य, कृष्णहरि धवा श्रेष्ठ र अनिता श्रेष्ठलाई चयन गरेको छ ।

बिहीवार सम्पन्न प्याब्सन भक्तपुर नगर अधिवेशनले रमेशचन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको सचिवमा शिवकुमार कोजु, कोषाध्यक्षमा चण्डिका कायस्थ, सदस्य विजेन्द्रलाल ध्वोँजु र प्रभातराज राई चयन गरेको छ ।

त्यस्तै बिहीवार सम्पन्न चाँगुनारायण नगर प्याब्सनको अधिवेशनबाट राममणि न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको छ । समितिको सचिवमा राजेश दाहाल, कोषाध्यक्षमा कृष्ण गोपाल तिमिल्सिना र सदस्यमा यवती कार्की तथा राम निरौला चयन हुनुभएको छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …