तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं।त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को यही भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रम्ुख योगेन्द्रप्रसाद दाहालले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखिको बन्दाबन्दीले गर्दा त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको थियो ।

बन्दाबन्दीमा त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको थियो । विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न क्याम्पस÷विभाग÷स्कुललाई अनुरोध गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …