तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । मिर्गौलापीडित सरोकार समाजले बजेटमा मिर्गौलापीडित लगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ ।

अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले आज धन्यवाद दिएको हो । अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गङ्गादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गर्नुभएको हो । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौलापीडित हुनुहुन्छ । उहाँको नियमति डायलासिस भइरहेको छ ।

अघिल्ला सरकारबाट कटौती गरिएको भत्ता अर्थमन्त्री शर्माले पुनः दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भई पारालाइसिस रोगका बिरामीलाई मासिक भत्ता पाँच हजार दिने बजेटमा व्यवस्था गर्नुभएकामा सम्पूर्ण दीर्घरोगीका तर्फबाट एकमुष्ट बधाई, धन्यवाद तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौँ”, धन्यवाद पत्रमा भनिएको छ ।

धन्यवाद पत्र ग्रहण गर्दै मन्त्री शर्माले सरकार मिर्गौलापीडित लगायतको साथमा रहेको बताउनुभयो । सरकारले डायलासिस गरिरहेका मिर्गौलापीडितलाई मासिक पाँच हजार उपचार खर्च दिने व्यवस्था गरेको स्पष्ट पार्दै उहाँले राज्य नागरिकको अभिभावकत्व ग्रहण गर्नबाट नचुक्ने आश्वासन दिनुभयो ।

हामी छिट्टै निश्चित कार्यविधि बनाएर सम्पूर्ण बिरामीलाई रकम उपलब्ध गराउँछौँ”, मन्त्री शर्माले भन्नुभयो, “प्रत्यारोपणमात्र होइन, डायलासिस गरिरहेका सबैलाई सहयोग हुन्छ ।” धन्यवादपत्र ज्ञापन गर्ने क्रममा मिर्गौलापीडित सरोकार समाजले स्वास्थ्य बीमालाई रु एक लाखबाट रु दुई लाख, दीर्घरोगीका सन्तानलाई उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेलगायतका मागसमेत राखेको थियो ।

अर्थमन्त्री शर्माले संसद्मा पेश गर्नुभएको प्रतिस्थापन विधेयकमा क्यान्सर, मिर्गौलापीडित, स्पाइनल कर्ड इन्ज्युरीलगायतका रोगको उपचार गराइरहेका बिरामीलाई उपचार खर्चबापत मासिक रु पाँच हजार उपलब्ध गराउने बजेटमा व्यवस्था गरिएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …