तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वडा अधिवेशनमा असन्तुष्ट जनाएको छ । 

पौडेल समूहले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशनका सन्दर्भमा निर्वाचन समितिसमक्ष असहमति समेत राखेको छ । 

बिहीबार पौडेल समूहका नेताहरुले सानेपास्थित केन्द्रीय कार्यालयमा निर्वाचन समितिलाई भेटेर डडेल्धुरामा दुई तिहाईले बहिष्कार गरेको अवस्थामा कसरी वडा अधिवेशन भयो ? भनेर प्रश्न गरेका हुन् ।

हामीले डडेल्धुरासहितका जिल्लाका विषयमा आफ्ना असहमतिका कुराहरु राखेका छौँ । हाम्रोतर्फबाट रामचन्द्र पौडेलले कुरा राख्नुभयो,’ समितिसँगको बैठकपछि नेता शेखर कोइरालाले भने, ‘७५ वर्षे कांग्रेसको इतिहासमा प्रहरी प्रशासनको बलमा कहिल्यै पनि र काहीँ पनि अधिवेशन भएको छैन । सभापतिकै जिल्लामा यस्तो हुने कुरा दुर्भाग्यपूर्ण हो ।’ कोइरालाका अनुसार निर्वाचन समितिले डडेल्धुरामा खटिएका निर्वाचन अधिकृतलाई बोलाएर आवश्यक जानकारी लिने र निर्णय गर्ने जनाएको छ ।

पौडेलले भने राज्यशक्तिको दुरुपयोग गरेर बलको भरमा चुनाव गराइएको छ, त्यो हामी मान्दैनौँ । हामीले निर्वाचन समितिलाई त्यही भनेका छौँ,’ डडेल्धुराको वडा अधिवेशन पुन: गराउनुपर्छ । 

पौडेल समूहले २५ भदौमा डडेल्धुरामा भएको वडा अधिवेशन बहिष्कार गर्दै पुन: अधिवेशन गराउन माग गर्दै आएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …