तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको भे१ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा घाइते ११ जना कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

घटना भएको खबर पाउने बित्तिकै बाङ्गेसिमलबाट खटिएको प्रहरीले तत्काल उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि पु¥याएको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार उपचार गराइरहेका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने छ जना सामान्य अवस्थामा रहेका छन् । दुर्घटनापश्चात् फरार गाडी चालकको खोजी भइरहेको र वीरेन्द्रनगरभित्र सो दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …