काठमाडौं।बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौं महानगरपालिका-२९ बस्ने ३६ वर्षीय बिनम श्रेष्ठ र काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ घर भएका ४८ वर्षीय प्रकाश श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बिनमलाई काठमाडौं असनमा र प्रकाशलाई रुपन्देहीमा फेला पारी पक्राउ गरेको हो ।
उक्त मुद्दामा बिनमलाई अदालतबाट ७ दिन कैद र १७ लाख ६५ हजार रुपैयाँ जरिवाना र प्रकाशलाई ५ दिन कैद र ११ लाख ५० हजार जरिवाना तोकिएकोमा उनीहरू फरार रहेका थिए । उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूलाई झुक्यानमा पारी बैंक अफ काठमाडौं र सिद्धार्थ बैकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …