तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा झरेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ विन्दुले घटेर ५३८.५० मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत रु पाँच अर्बमा सीमित भएको छ । कूल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता शेयर रु पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ २०.७४, व्यापार २७.२१, होटल तथा पर्यटन ७९.५३, विकास बैंक ११६.९१, जलविद्युत् ७२.८१, वित्त ८६.७२, निर्जीवन बीमा २७२.९१, उत्पादन ७३.७९, अन्य २१ं१६, लघुवित्त ५२.१९, जीवन बीमा १७५.३, सामूहिक लगानी कोष ०.०५ र लगानी १.८८ विन्दुले ओरालो लागे ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २२ करोड १४ लाख ७० हजार ७५६ बराबरको कारोबार भयो । यस्तै, सानिमा लाइफ इन्स्योरेन्स रु १७ करोड दुई लाख सात हजार ११०, आइसिएसफसी फाइनान्स रु १५ करोड ३८ लाख १३ हजार १४६, रैराङ हाइड्रोपावर रु १४ करोड २८ लाख ४९ हजार २४५ र नेशनल हाइड्रोपावर रु १३ करोड २० लाख ९५ हजार ७४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ८.२३, कर्पोरेट डेभलपमेन्ट बैंक ६.६७, छ्याङ्दी हाइड्रोपावर ४.०८, ग्लोबल आइएमई समुन्नत स्किम एक २ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए । एनआइबिएल समृद्धि फण्ड एक ६.८८, हिमालयन ऊर्जा विकास कम्पनी ५.८३, गुर्खाज फाइनान्स ५.४१, रुरु जलविद्युत् परियोजना ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.४६ प्रतिशतले गुमाए । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …