• शनिवार, असोज-२,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका १ लिकुवापोखरीमा नेकपा एमाले लगायत अन्य पार्टी परित्याग गरी १६ जना स्थानीय नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

मंगलवार खोटेहाङ गाउँपालिका १ लिकुवापोखरी कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा एमाले लगायत अन्य पार्टी परित्याग गरी १६ जना स्थानीय नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन।नव प्रबेशीहरुलाई  कांग्रेस माहासमिति सदस्य रबी प्रकाश राईले स्वागत गरेका छन ।

प्रबेशीहरु लिकुवापोखरीका  दिपेश खड्का, सागर खड्का, डम्बर खड्का, उमेश विक, लोक बहादुर वस्नेत, दिल बहादुर खड्का, पुजन खड्का, लक्ष्मण महराजी, लाल वहादुर न्यौपाने, कुल बहादुर खड्का, मनोज खत्री लगायत रहेका छन्।

कार्यक्रममा नेबिसंघ खोटाङका पूर्व अध्यक्ष एवं जिल्ला सदस्य दिनेश घिमिरे, नेपाल तरुण दल केन्द्रीय विभाग सदस्य राजु ढकाल, वाप्लुखाका पार्टी सभापति मिलन राई, सावाकटहरेका पार्टी सभापति जेफर राई लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

सर्वोच्चको आदेशले लोक सेवाका परीक्षा प्रभावित

५ सयभन्दा बढी शाखा अधिकृतको अन्तर्वार्ताको नतिजा रोकियो कोभिड–१९, बाढीपहिरो र आयोगका पदाधिकारी अभावका कारण गत वर्षकै विज्ञापनअन्तर्गत पदपूर्ति गर्न परीक्षा लिने तयारी थियो काठमाडौँ …

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ …

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै …

दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण

काठमाडौँ । देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका …