तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सह-सचिवलाई सरुवा गरेको छ । 

मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुको काज सरुवा गरेका हुन् ।

मन्त्रालयका अनुसार वाग्मती प्रदेशका वन मन्त्रालयका सचिव महेश्वर ढकाललाई संघीय वन मन्त्रालयमा, त्यसैगरी सुदूर पश्चिमको उद्योग मन्त्रालयका सचिव यज्ञनाथ दाहाल वन मन्त्रालयमा, सुदूर पश्चिमको आन्तरिक मन्त्रालयमा सचिव चुडामणि पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, प्रदेश नम्बरको भूमि व्यवस्था मन्त्रालयकी सचिव निरु दाहाल पाण्डे कृषि मन्त्रालयमा, प्रदेश नम्बर २ को भूमि व्यवस्था मन्त्रालयकी सचिव सम्झनाकुमार काफ्ले कृषि मन्त्रालयमा, वाग्मती प्रदेश भूमि सुधार मन्त्रालयकी सचिव मतिना वैद्य कृषि मन्त्रालयमा सरुवा भएका छन् ।

गण्डकी प्रदेश भूमि व्यवस्था मन्त्रालयकी सचिव सवनम शिवाकोटी अर्याल कृषि मन्त्रालयमा, लुम्बिनी प्रदेशको कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेल कृषि मन्त्रालयमा, कर्णाली प्रदेशको भूमि व्यवस्था मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र कृषि मन्त्रालय सरुवा गरिएको छ । 

त्यसैगरी सुदूर पश्चिम कृषि मन्त्रालयका सचिव किसनलाल भट्ट कृषि मन्त्रालयमा सरुवा गरिएको छ ।

उनीहरुको सरुवा मंगलबार गरिएको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …