तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रुपन्देही।  बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर धमाधम संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो । 

कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधित क्षेत्र घोषणा गरेको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो । अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा यथावत् रहने छ । 

निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका–१७ शिवनगरदेखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खोतीयोग्य जमिन ९ बुटवल उपमहानगरपालिका–१७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ती बुटवल उपमहानगरपालिका–१७ र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जग्गा (धन्दापुर सौरहियासम्म) तोकिएको छ । 

निषेधित क्षेत्रभित्र निषेध गरिएका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …