तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन यही भदौ ३० देखि काठमाडौँमा हुने भएको छ । नेपाली कांग्रेस (बीपी)ले आज पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा बनाउन विशेष महाधिवेशन गर्न लागेको जानकारी दिएको हो । 

सम्मेलनमा नेपाली कांग्रेस (बीपी)का सभापति हरिबोल भट्टराईले नेपाली कांग्रेस (बीपी) किन बनाउनुप¥यो ? यसको नीति, उद्देश्य, योजना र कार्यक्रम के के छन् ? सङ्गठनात्मक नीति तथा कार्यनीति कस्तो छ ? अन्य पार्टीसँग कस्ता मतभेद छन्लगायतका प्रश्नको उत्तर दिन भदौ ३० देखि असोज १ गतेसम्म विशेष महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो । 

नेपाली कांग्रेस (बीपी)ले एमसिसी सम्झौता खारेज गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न, पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न, निर्मला हत्या काण्डलगायतका बलात्कारका घटनाका दोषीलाई कारबाही गर्न पत्रकार सम्मेलनमार्फत सरकारको ध्यानाकर्षणसमेत गरेको छ । 

पार्टीका महामन्त्री सुशीलमान शेरचनले बीपी कोइरालाद्वारा प्रतिपादित विचार पार्टीको विचार भएको भन्दै नेपाली कांग्रेस (बीपी)ले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई पार्टीको मूल सिद्धान्त मान्ने बताउनुभयो । उहाँले समावेशी सिद्धान्तको मर्मलाई पूर्णरूपमा आत्मसाथ गर्दै नेपाली कांग्रेस (बीपी) अगाडि बढ्ने स्पष्ट पार्नुभयो । 

नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवद्र्धक जननायक बीपी कोइरालाका विचारलाई जनस्तरमा पु¥याएर समृद्ध समाज निर्माण गर्नका लागि विसं २०७२ भदौ २४ मा नेपाली कांग्रेस (बीपी)को स्थापना गरिएको थियो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …