तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दाङ ।राष्ट्रिय जनगणनाका लागि पहिलो चरणमा घर तथा परिवारको सूचीकरणको तयारी गरिएको छ । दाङमा यसको यथार्थ विवरण सङ्कलनका लागि दुई चरणमा जनगणनाको काम सुरु गरिएको छ । 

यही जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणनाअन्तर्गत गणनाको समय निर्धारण गरिएको थियो । कोरोनाका कारण तोकिएको समयमा जनगणनाको काम शुरु हुन सकेन । सरकारले पुनःदेशभर एकैपटक जनगणना थालेअनुसार दाङमा पनि यसको थालनी गरिएको छ । जनगणना गर्दा पहिलो चरणमा हरेक घरपरिवारको विस्तृत विवरण सुपरिवेक्षकले गर्ने छन् । सुपरीवेक्षकले विभिन्न प्रश्न लेखिएको सूचीकरण फारम भर्नेछन् । 

राष्ट्रिय जनगणनानअन्तर्गत मूल गणनाको काम आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म गर्ने गरी समय तोकिएको छ । यही भदौ २७ र २८ गते यसअघि तालिम लिएकालाई तथा यही भदौ २९ र ३० गते नयाँ सुपरिवेक्षकका लागि तालिम सञ्चालन गर्न थालिएको जिल्ला जनगणना कार्यालयका प्रमुख तुलसीराम पोख्रेलले जानकारी दिनुभयो । 

“सरकारले राष्ट्रिय जनगणनाको नयाँ मिति तोकेअनुसार दाङमा पूरै तयारीका साथ अघि बढेका छाँै”, पोखरेलले भन्नुभयो, “पहिलो र दोस्रो चरण घर तथा परिवारको गणना हुन्छ, दास्रो चरणमा मूल गणनाको काम गरिनेछ ।” घर तथा परिवारको सूचीकरणका लागि घरायसी विवरणमा कति परिवार, जग्गा जमिन, कृषि, पशुपक्षीलगायतका प्रश्नको उत्तर माग्न सुपरीवेक्षक घरदैलामा जान थालेका छन् । 

दश वर्षअघि २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्मा दाङको पाँच लाख ५२ हजार जनसङ्ख्या रहेको थियो । यस वर्ष थालिएको जनगणनामा छ लाख ६० हजार पुग्ने आकलन गरिएको छ । नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको थियो । हरेक १०÷१० वर्षमा जनगणनाको कामलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …