तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दोहा । कास्की आदर्श समाज कतार र फेवा सांस्कृतिक परिवारको संयुक्त आयोजनामा नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रम कतारको सहानिया स्थित अल दोसारी पार्कमा भब्य र सब्य रुपमा मनाएका छन । 

हरितालीका तिजको दिन शुक्रबार  फेवा सांस्कृतिक परिवारका संयोजक प्रेम लाल अधिकारीको  अध्यक्षतामा भएको कार्यक्रममा कास्की आदर्श समाजका संरक्षक सदस्य धुर्बराज अधिकारी प्रमुख अतिथि, बिसेष अतिथिहरुमा संस्थाका संरक्षक  धन बहादुर कार्की, संस्थाका अध्यक्ष बिक्की बिक, प्रमुख सल्लाहकार मन प्रसाद रानामगर, संस्थाका सल्लाहकारहरु आश बहादुर गुरुङ, रेसम बस्नेत, प्रकाश बिक, नबिन पौडेल  कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु फेवा सांस्कृतिक परिवार समितिका सम्पूर्ण सदस्य, कलाकारहरु संस्थाका आजिबन साधारण तथा मानार्थ सदस्यहरु, कस्केली तथा गैर कस्केली  दाजुभाई तथा दिदीबहिनीहरु लगायतको बाक्लो उपस्थितिमा रहेको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका सह सचिब सन्तोष तिमल्सिना र फेवा सांस्कृतिक परिवारका सचिब सी बि गुरुङले गर्नुभएको थियो भने टेक्निकल सहायताको लागि फेवा सांस्कृतिक परिवारका सह -सचिब महेश तामाङले सहयोग गरेका थिए   

प्रमुख अतिथि अधिकारीले बाट ब्यानर अनावरण गरि कार्यक्रमको उद्घाटन गरेक थिए  । कार्यक्रममा संस्थाका बरिस्ट उपाध्यक्ष अग्निधर देवकोटाले स्वागत मन्तब्यबाट सुरु भएको  कार्यक्रम राष्ट्रिय गान  सांगतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा संस्थाकी केन्द्रिय सदस्य दिलकुमारी गुरुङ , तमु गुरुङ समाजकि महिला संयोजक उमा गुरुङ, फेवा सास्कृतिक परिवार कि सदस्य गुना मगर, सस्थाका प्रमुख सल्लाहकार मनप्रसाद रानामगर लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।  

कार्यक्रममा हाम्रो सपना संगीत परिवारबाट सस्थालाई सपना संगीत परिवारको लोगो अंकित टिसर्ट सपना संगीत परिवारका सदस्य हरुबाट उपहार स्वरुप दिनुभयको थियो भने सस्था मार्फत कास्की आदर्श समाजले प्रकासित गरेको सस्थाको भित्तेपात्रो २०७८ उपहार प्रदान गरिएको थियो ।  

कार्यक्रममा उपस्थितहरुलाई  कास्की आदर्श समाजले प्रकासित गरेको सस्थाको भित्तेपात्रो (२०७८) र सेनिटैजर प्रदान गरेको थियो । बिगतका बर्षहरुमा कास्की आदर्श समाजले नेपालबाट कलाकारलाई निम्त्याएर भब्य रुपले मनाई रहेको तिज यस पटक विश्व महामारीका रुपमा फैलियाको कोभिड १९ का कारण कास्की बासि र शुभचिन्तक हरुलाई मात्र समेटेर कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रमको अन्तमा प्रमुख अतिथिले सम्पूर्ण उपस्थित महिला दिदिबहिनिलाई तिजको शुभकामना सहित कार्यक्रम समापन गर्दै हरेक बर्ष जस्तै यो बर्ष पनि कार्यक्रम गरिएको आफ्नो मौलिक सस्कृती, चार्डवार्डलाई बचाउनको लागि प्रवासमा भएता पनि हामीले हाम्रो धर्म सस्कारलाई  बिर्सेन नहुनी  र अहिले विषम परिस्थितिमा यतिको कार्यक्रम गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको बताउनुभयो । 

आगामी  दिनहरुमा पनि यस्ता किसिममा मनोरञ्जनात्मक कार्यक्रम  गदै जाने र आज उपस्तिथि  सम्पुर्ण  सहभागी कास्केली गैर कास्केलि दाजुभाइ दिदीबहिनीहरुलाइ विभिन्न  समस्याको बाबजुद पनि कार्यक्रममा सहभागी भैदिनु भएकोमा धन्यवाद  व्यक्त गर्दै कार्यकर्म सफल पार्न अहोरात्र खटिनु हुने कार्यसमिति र अन्य सबैलाई आफुले हृदय देखिनै धन्यवाद ब्यक्त गर्दै  कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको भन्दै समापन गर्नु भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …