• शनिवार, असोज-२,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आफ्ना ३० सदस्यलाई राष्ट्रिय परिषद् सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । शाखाको निर्वाचन समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा ९६ सदस्यलाई उपत्यका प्रदेश परिषद्को प्रमाणपत्र प्रदान गरेको हो । 

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र मर्यादित बनाउन आवश्यक सञ्चारसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यस्ता कानून बनाउँदा सम्बन्धित पक्षले महासङ्घको परामर्श लिनुपर्ने बताउनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य एवं काठमाडौँ शाखाका पूर्वअध्यक्ष शान्तराम बिडारीले स–साना लगानीमा सञ्चालन भएका स्वरोजगारमुखी सञ्चारगृहको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउँदै श्रमजीवी पत्रकारको अधिकारलाई सुनिश्चित बनाउन एकताबद्ध हुन खाँचो रहेको र उनीहरुको सदस्यता सुदृढीकरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

निर्वाचन समितिका संयोजक ईश्वरी वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका अध्यक्ष सूर्य सुवेदीले कोभिड–१९ को महामारीले धेरै सञ्चारकर्मी पेशाबाट विस्थापित हुनुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुभयो । महासङ्घका पूर्वकेन्द्रीय सदस्य रामहरि सिलवालले पत्रकारिता क्षेत्रको विकासका लागि काठमाडौँ शाखाले विभिन्न समयमा सञ्चालन गरेका रचनात्मक गतिविधिको सराहना गर्नुभयो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

सर्वोच्चको आदेशले लोक सेवाका परीक्षा प्रभावित

५ सयभन्दा बढी शाखा अधिकृतको अन्तर्वार्ताको नतिजा रोकियो कोभिड–१९, बाढीपहिरो र आयोगका पदाधिकारी अभावका कारण गत वर्षकै विज्ञापनअन्तर्गत पदपूर्ति गर्न परीक्षा लिने तयारी थियो काठमाडौँ …

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ …

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै …

दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण

काठमाडौँ । देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका …