तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका । अमेरिकाले शनिबार न्युयोर्कमा सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणको संस्मरणमा स्थानीय समय अनुसार ८ः४६ बजे केही समय मौन धारण गरी मृतकहरूको स्मरण गरेको छ । सन् २००१ सेप्टेम्बर ११ को उक्त समयमा आतङ्ककारीद्वारा अपहरण गरिएको एक विमानलाई विश्व व्यापार केन्द्रमा ठोक्याएर दुर्घटनाग्रस्त गराइएको थियो ।

 एक शान्त तथा मर्यादित समारोहबीच सेप्टेम्बर ११ मा भएको आक्रमणको स्मरण गर्दै आयोजित २० औं वार्षिक समारोहमा हमलामा मारिएका आफन्तजनको थुप्रै नातेदार तथा अमेरिकी अधिकारीले आँशु पुछिदिएको दृष्यहरू सञ्चारमाध्यममा छापिएका छन् । 

यो बीचमा अमेरिकाले बदलामा आक्रमणका योजनाकार ओशामा विन लादेनसहित उक्त आक्रमणको जिम्मेवारी लिएको स्लामिक स्टेट (आइएसआइएस) समूहलाई लक्षित गरी चलाएको अभियान पूरा भएको जनाएको छ । अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनपछि अफगानिस्तानम पुनः तालिवान समूह सत्तामा फर्किएको छ भने अमेरिकाले अफगानिस्तानमा आफूले जुन उद्देश्यसहित सैनिक उतारेको थियो त्यो उद्देश्य पूरा भएको जनाएको छ । 

कार्यक्रम चलिरहँदा घटनास्थलमा उपस्थित थुप्रै नातेदारहरूले मृतकका परिवार तथा आफन्तको आँसु पुछिदिए भने न्यूयोर्कमा कडा सुरक्षाबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा उपस्थित भएको चार घण्टा लामो समारोहमा मारिएकाहरूको नाम पढेर उनीहरूको स्मरण गरिएको थियो । 

अल–कायदा समूहले सर्बसाधारणलाई लक्षित गरेका आक्रमणबाट मारिएका व्यक्तिहरूको सम्झनामा अमेरिकी राष्ट्रपति बाइडेनसहितका अधिकारीहरूको उपस्थितिमा वासिङ्टन डीसीको पेन्टागन र पेन्सिलभेनियाको शाङ्क्सभिलमा पनि अल–कायदा समूहले सर्बसाधारणलाई लक्षित गरेका हृदयविदारक घटनाको स्मरण गरिएको छ । 

वार्षिकोत्सवको पूर्वसन्ध्यामा शुक्रबार संप्रषण गरिएको भिडियोमा राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई सबैभन्दा ठूलो बल एकता भएको भन्दै एकता देखाउन अमेरिकीहरूसँग आग्रह गर्नुभएको थियो ।   

बाइडेनले ह्वाइट हाउसको छ मिनेटको सन्देशमा भन्नुभयो, “मेरो लागि सेप्टेम्बर ११ को मुख्य पाठ यो हो कि मानव जातीका हैसियतले सबैको आत्मामा आतङ्कवादविरोधी लडाई रहेको र यसमा एकता सबैभन्दा ठूलो बल हुनेछ ।”

शनिबार भएको कार्यक्रममा विश्व व्यापार केन्द्रका दुई टावरलाई प्रहार गरिएको समय, पेन्टागन आक्रमण, ‘फ्लाइट नाइन्टी थ्री’ दुर्घटना समयसँग मेल खाने समयमा छ मिनेटको मौन धारण गरिएको थियो ।

 विश्व व्यापार केन्द्रमा आफ्नो ३७ वर्षीय पति माइकल इकेन गुमाएकी मोनिका इकेन–मर्फीको अरू थुप्रैकोजस्तै पीडा पनि अझै कम भएको छैन । उहाँल भन्नुभयो,“यो धेरै अमेरिकीहरूका लागि संस्मरणीय घटना हुनेछ ।” उहाँले एएफपीलाई भन्नुभयो, “मलाई यो भर्खरै भएको जस्तो लाग्छ यद्यपि सेप्टेम्बर ११, २००१ को बिहानदेखि पूरै पुस्ता हुर्किसकेको छ ।” 

यसबीचमा अल–कायदाका संस्थापक ओसामा बिन लादेनलाई मारिएको छन् । ट्विन टावरको सट्टा म्यानहाटनमाथि एउटा ठूलो नयाँ टावर उठेको छ । अनि करिब दुई हप्ता अघि अमेरिकी सिपाहीहरू काबुल विमानस्थलबाट उनीहरूकै शब्दमा अमेरिकी इतिहासमा सबैभन्दा ‘लामो युद्ध’ अन्त्य गरेर फर्किएका छन् । तर पिडितको दुखेको मन निको भएको छैन ।

कुनै समय बिन लादेनलाई आश्रय दिएको भनिने तथा शक्तिशाली अमेरिकी सैनिकले काबु पारेका तालिबानले अफगानिस्तानमा फेरि शासन गरिरहेका छन् । 

‘गुआनटानामो बे’ मा सेप्टेम्बर ११ आक्रमणका आरोपित खालिद शेख मोहम्मद र अन्य चार योजनाकारहरूले अभियोग दर्ता भएको नौ वर्षसम्म पनि मुद्दा लडिरहेका छन् । यो आक्रमण कसरी भयो भन्नने सम्पूर्ण कथा समेत गोप्य नै छ । गत हप्ता मात्र बाइडेनले आगामी छ महिनाभित्र अमेरिकी गुप्तचर निकाय एफबीआईलाई अनुसन्धान गरी गोप्य कागजातहरूको बर्गीकरण गरी सार्वजनिक गर्न आदेश दिनुभएको छ । 

तीन ठूला आतङ्ककारी हमला–

ग्राउन्ड जिरोमा भएको सुरुको विस्फोटनमा विश्वभरिका करिब दुई हजार ७५३ मानिसहरू मारिए, तिनीहरूको ज्यान गयो वा उनीहरू आक्रमणपछि भत्किएका भग्नावशेषमा पुरिएर सधैका लागि वेपत्ता बने । 

पेन्टागनमा एउटा विमानले विश्वको शक्तिशाली सेनाको केन्द्रमा आक्रमण गरी विमानमा र जमिनका गरी १८४ जनाको मृत्यु भएको थियो । 

अनि पेन्सिलभेनियाको शाङक्सभिलमा, यात्रुहरूले आफ्नो लक्षित लक्ष्यमा पुग्नुभन्दा पहिले ‘युनाइटेड ९३’ लाई अपहरणकर्ताहरूको तेस्रो चरणमा एउटा खेतमा दुर्घटनाग्रस्त गराए । 

–एकताको सन्देश–

शुक्रबारको रात आफ्नो भिडियो सन्देशमा बाइडेनले अमेरिकीहरूलाई यस दुःखद घटनाबारे एकता साथ अघि बढ्न आग्रह गर्नुभएको छ । “एकताको अर्थ हामीले एउटै कुरामा विश्वास गर्नुपर्छ भन्ने होइन, तर हामीले एक अर्काप्रति र यस राष्ट्रमा आधारभूत सम्मान र विश्वास राख्नुपर्छ,” बाइडेनले भन्नुभयो ।

 राष्ट्रपतिले आफ्नो झन्डै आठ महिने राष्ट्रपति कार्यकालमा यो दिन निर्णायक दिन हुने योजना बनाउनुभएको थियो । तथापि, एकताको एकता क्षणको अध्यक्षता गर्नुको सट्टा बाइडेनले काबुल उद्धारका कारण आक्रोसको सामना गरिरहनुभएको छ । बहिर्गमनका बेला आत्मघाती बमवर्षकद्वारा मारिएका १३ अमेरिकी सिपाहीहरूको मृत्युले अमेरिकीहरूको मन दुखेको छ । यसले उनीहरूमा असफलता र हारको व्यापक महसुस भएको छ । यो चोट लामो समयसम्म रहिरहने छ ।

पीडितहरूका नातेदारहरूका लागि सधैं जस्तै यो वार्षिकोत्सव आफ्ना प्रियजनहरूको सम्झनालाई जीवित राख्ने क्षणबाहेक थप केही हुनसकेको छैन । 

अग्नि नियन्त्रक भाइ स्टिफनलाईको विश्व व्यापार केन्द्रमा गुमाएका फ्र््याङ्क सिलरले भन्नुभयो, “यो पर्ल हार्बरजस्तै हो ।” जिउँदो नभएका मानिसहरूलाई यस विषयमा जिउँदो मानिसहरूको जस्तो अनुभूति हुँदैन । तर अमेरिकाले पर्ल हार्बरबारे कहिल्यै बिर्सेको छैन र सेप्टेम्बर ११ लाई पनि कहिल्यै बिर्सने छैन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …