तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

डोटी । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ । 

गाउँपालिकाले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माध्यामीक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उक्त खोप लगाइ पहिलो चरणको कार्यक्रमको शुरुआत् गरेको गाउँपालिका स्वास्थ्य शाखा सामुदायिक अधिकृत सम्भु थापाले जानकारी दिनुभयो । 

उक्त कार्यक्रममम कक्षा १२ मा अध्ययनरत ३६ छात्र र २९ छात्रालाई खोप लगाइएको हो । जिल्लामा कक्ष १२ मा अध्ययन गर्ने विद्यार्थीलाई कोरोना विरुद्धको खोपलगाउने बडिकेदार पहिलो पालिका रहेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “बन्द भएको लामो समयपछि पालिकाका विद्यालय खुलेका छन्, उनीहरुलाई जोखिम नहोस भनेर हामीले खोप लगाउन शुरु गरेका छौँ, अब पुरै पालिकाका विद्यार्थीलाई खोप लगाउने छौँ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …