तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पाल्पा । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण पाँच महिनादेखि बन्द रहेका विद्यालयमा आलोपालो प्रणालीबाट कक्षा सञ्चालनमा ल्याइएको छ । 

पाल्पाको तिनाउ गाउँपालिकाले भौतिक उपस्थितिमा आलोपालो प्रणालीमा कक्षा सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले कक्षा १, ३, ३, ७, ९, ११ र २, ४, ६, ८, १०, १२ बार अनुसार कक्षा सञ्चालन गरिएको गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो । स्थानीय तहमा कोरोना भाइर सङ्क्रमण जोखिम न्यूनीकरण हुँदै गएसँगै साताअघि गाउँपालिकाभित्रका सबै विद्यालय नियमित रुपमा खोली बारअनुसार कक्षा सञ्चालन गर्न थालिएको हो ।

पाल्पाको माथागढी गाउँपालिकाले भदौ २८ गतेबाट भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना महामारी कारण विद्यालय बन्द गरी वैकल्पिक विधिबाट पठनपाठन गरिए पनि समस्या देखिएको थियो । गाउँपालिकाभित्र पाँचजना मात्र कोरोनाको सक्रिय सङ्क्रमित रहेपछि गाउँपालिकाले स्मार्ट लकडाउनअनुसार नै विद्यालय सञ्चालन गर्न लागिएको  गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । उहाँका अनुसार डीसीसीएमसीको निर्णय र गाउँ शिक्षा समितिको बैठकको निर्णयबमोजिम स्वास्थ्य मापदण्ड र स्मार्ट लकडाउनको कार्यविधि पूर्ण रुपमा पालना गर्ने गरी विद्यालय खोलिने भएका छन् । कोरोना भाइस सङ्क्रमण देखिएको अवस्थामा शिक्षक, कर्मचारी र विद्यार्थी विद्यालयमा उपस्थिति नहुने र स्वास्थ्य संस्थाहरुमा सम्पर्कमा रहन गाउँपालिकाले अनुरोध गरेको छ ।

पाल्पाको रम्भा, रामपुर नगरपालिका र बगनासकाली गाउँपालिकाले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेको छ । रम्भा गाउँपालिकाले आइतबारदेखि नै कक्षा सञ्चालन गर्ने तयारीमा जुटेको हो । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार कम विद्यार्थीहरु हुने विद्यालयमा आइतबारदेखि नै भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुन्छ । विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयमा आलोपालोमा कक्षा सञ्चालन गर्ने तयारी भएको अध्यक्ष भण्डारीले बताउनुभयो । कक्षा सञ्चालन हुनुभन्दा अगाडि स्वास्थ्य मापदण्डको पालना गराउन शिक्षकबाट कार्यान्वयन गराउने अध्यक्षको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लामा कोरोना सङ्क्रमणको दर न्यून भएकाले स्थानीय तहले स्वास्थ्य मापदण्डको पालना गरी खोल्ने सक्ने निर्णय गरेसँगै विद्यालय खोलिन थालेको हो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले स्वास्थ्य मापदण्डको पूर्ण सतर्कता र सजगताका अवलम्बन गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने बताउनुभयो । शिक्षक तथा विद्यार्थीको भौतिक उपस्थितिमा अध्ययन अध्यापन गर्ने वातावरण सिर्जना गरी नियमित रुपमा कक्षा सञ्चालन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

रामपुर–१० स्थित जनकल्याण उच्च माविका शिक्षक दामोदर तिमिल्सिनाले पठनपाठन सञ्चालनका लागि नगरपालिकाबाट निर्देशन आएको छ भन्नुभयो । स्वास्थ्य मापदण्डको पालना गरी कक्षा सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । यसअघि बिहान, दिउँसो र साँझमा पालैपालो पढाउने गरिएमा अबदेखि नियमितरुपमा पठनपाठन गरिने तिमिल्सिनाले जानकारी दिनुभयो ।   जिल्लाका अधिकांश स्थानीय तहले विद्यालय खोल्ने तयारी अन्तिम चरण पुगेका छन् । जिल्लाका अधिकांश सरकारी विद्यालय खोल्ने तयारी भइरहे पनि संस्थागत विद्यालयले अनलाइन माध्यमबाट परीक्षासमेत सकेका छन् ।

परीक्षा सम्पन्न गरी हालसम्मको महिनावारी शिक्षण शुल्कसमेत उठाएको अभिभावकको गुनोसो छ । विद्यालय खोलिन थालेपछि विद्यार्थीमा उत्साहसँगै कोरोना सङ्क्रमणको त्रासले निराशा पनि थोपारिएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …