• शनिवार, असोज-२,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काष्ठमण्डपको मुख्य निर्माण कार्य सम्पन्न भई अहिले छानो छाउने र ‘फिनिसिङ’ कार्य भइरहेको बताउँदै अबको बढीमा तीन महिनाभित्र सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न भइसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘अब भुइँतलाको बार्दली लगाउन र भुइँमा तेली इँट लगाउन बाँकी छ ।’’

‘‘हामीले सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरिरहेका छौँ । माटो र त्यसबेला प्रयोग गरिएका सामग्री प्रयोग गरिरहेका छौँ । सातौँ शताब्दीमै प्रयोग गरिएको साइजको इँटा प्रयोग गरेका छौँ, संयोजक शाक्यले भन्नुभयो, ‘‘समितिले इँटा निर्माण कम्पनीलाई विशेष आग्रह गरी सातौँ शताब्दीकै साइजको इँटा निर्माण गर्न लगाएको छौँ ।’’ मात्र काठ, माटो र इँटाको प्रयोग गरेर काष्ठमण्डपको पुनर्निर्माण भइरहेको छ ।’’

कुल १२ करोड रुपियाँको लागतमा निर्माण हुने अनुमान गरिएकोमा अहिलेसम्म काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपियाँ पुनर्निर्माण समितिलाई उपलब्ध गराइसकेको उहाँले जानकारी दिनुभयो । यस वर्षको साउन मसान्तसम्म १० करोड ८० लाख रुपियाँ खर्च भइसकेको छ ।
पुनर्निर्माणका लागि महानगरपालिका र पुनर्निर्माण समितिबीच २०७५ वैशाख २९ गते सम्झौता भई कात्तिक २२ गतेदेखि काम सुरु गरिएको थियो । पुनर्निर्माण भइरहेको काष्ठमण्डपमा चार घेराका सयवटा थाम राखिएको छ । सङ्कल्प पूजा गरेर ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । चारवटा मूल थाममध्ये एउटा ११ सय वर्ष पुरानो रहेको उहाँले बताउनुभयो ।

दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एक/एकवटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिएको संयोजक शाक्यले जानकारी दिनुभयो । तीन तलाको अबको काष्ठमण्डप भूकम्प प्रतिरोधी क्षमताको निर्माण भइरहेको उहाँले बताउनुभयो ।
काष्ठमण्डपको पुनर्निर्माण गर्न ठूलो र सानो आकारको गरी करिब दुई लाख थान माःअप्पा इँटा लागेको छ । ठूलो आकारको ९० हजार र सानो आकारको एक लाख दस हजार थान इँटा रहेको छ । काष्ठमण्डप निर्माणमा करिब १२ हजार क्युफिट सालको काठ लाग्ने अनुमान गरिएको छ । सबै काठ बारा, रौतहट, महोत्तरीको जङ्लबाट मगाइएको संयोजक शाक्यले जानकारी दिनुभयो । यो काष्ठमाण्डपको निर्माण सातौँ शताब्दीमा भइएको पाइएको छ ।

संयोजक शाक्यले भन्नुभयो, ‘‘एउटै रुखको काठबाट बनेको सत्तलको नामबाट नै काठमाडौँको नामकरण भएको गरिएको विश्वास गरिन्छ । यसअघि १२औँ शताब्दीमा बनेको विश्वास गरिए पनि यो वर्ष बेलायतको दुराहम विश्वविद्यालय र पुरातìव विभागले गरेको अध्ययनले काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण भएको प्रमाणित भइसकेको छ । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

सर्वोच्चको आदेशले लोक सेवाका परीक्षा प्रभावित

५ सयभन्दा बढी शाखा अधिकृतको अन्तर्वार्ताको नतिजा रोकियो कोभिड–१९, बाढीपहिरो र आयोगका पदाधिकारी अभावका कारण गत वर्षकै विज्ञापनअन्तर्गत पदपूर्ति गर्न परीक्षा लिने तयारी थियो काठमाडौँ …

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ …

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै …

दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण

काठमाडौँ । देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका …