तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका । संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार ८१६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । कोभिडका कारण यो अवधिमा एक हजार ५७९ जनाको मृत्यु भएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार अमेरिकामा सङ्क्रमित सङ्ख्यामा औसतमा दैनिक पाँच प्रतिशत कमी आएको छ । अमेरिकामा हाल सम्म कूल छ लाख ५६ हजार ४ सय ४७ जनाको निधन भएको छ भने दुई हप्तामा औसतमा २८ प्रतिशतले मृत्यु घटेको बढेको छ ।

सेप्टेम्बर ९ को तथ्याङ्क अनुसार एक लाख ६१० जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा एक प्रतिशतले वृद्धि भएको छ भने हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या चार करोड सात लाख ३८ हजार २९ पुगेको छ ।

देशभर एक दिनमा १६ लाख १२ हजार २५२ जनाले कोरोना जाँच गराएका थिए भने जाँच गराउने सङ्ख्या दरमा १७ प्रतिशतको वृद्धि भएको छ ।अमेरिकामा कूल जनसङ्ख्यामा पूर्ण खोप लगाउनेको सङ्ख्या ५३.४ प्रतिशत पुगेको छ भने एक मात्रा खोप लगाउनेको सङ्ख्या ६२.७ प्रतिशत पुगेको छ ।

यहाँ किशोर तथा वयस्क अर्थात् १८ बर्ष भन्दा माथिको समूहमध्ये कम्तीमा पनि एक मात्रा खोप लगाउनेको सङ्ख्या ७५.३ प्रतिशत छ । यहाँ दुवै खोप अर्थात् पूर्ण खोप ६४.५ प्रतिशतले लगाई सकिएको छ ।

अमेरिकामा हाल सम्म तीन करोड १७ लाख ४४ हजार ९५९ जना कोरोनामुक्त भएका छन् । अमेरिकामा ६५ बर्षभन्दा माथिको उमेरकालाई कम्तीमा एक मात्रा खोप ९२.६ प्रतिशत र पूर्ण खोप ८२.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हालसम्म ४५ करोड २७ लाख ८१ हजार १ सय ९५ खुराक खोप आपूर्ति गरि सकिएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …