तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका युवा नेता मिङमार दोर्जी शेर्पाले सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ।जिल्लाको एकमात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकाको नगर सभापतिमा शेर्पाले उम्मेदवारी घोषणा गर्नुभएको हो।

आज सदरमुकाम सल्लेरीमा पार्टीका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसी जिल्ला सभापति विनोद कुमार बस्नेत दुवै प्रदेश सभा क्रमश (क)का सभापति धनजन राई (ख)का सभापति प्रेम थापामगर महासमिति सदस्य खिलराज बस्नेत नेता प्रकाश सिंह कार्की पुर्व महासमिति सदस्य हुतराज बस्नेत यस्तै तरुण दल अध्यक्ष अशोक झा महिला संघ सभापति छिण्डील्हमु शेर्पा योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पा लगाएतका नेताहरूको उपस्थितिमा उम्मेदवारी घोषणा गरेको शेर्पाले  आगमन खबर डटकमलाई जानकारी दिनुभयो।शेर्पा वडा नम्बर २ बेनीको वडाध्यक्ष तथा नेपाल विद्यार्थी संघ सोलुखुम्बुका पुर्व सभापति समेत हुनुहुन्छ।

उम्मेदवारी घोषणा कार्यक्रमलाई विशेष सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले अग्रिम विजयीको शुभकामना दिनु भएको छ।कार्यक्रममा बोल्ने सबैले शेर्पालाई जितको अग्रिम शुभकामना दिएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।कांग्रेस अहिले महाधिवेशनमा हुम्मिएको छ।२२ गते वडा अधिवेशन सकेको पार्टीले २७ गते गाउँ तथा नगर अधिवेशन गर्ने भनिए पनि २९ गते गर्ने सभापति विनोद कुमार बस्नेतद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ।


यस्तै सोलु काठमाण्डौ सम्पर्क समितिलाई अर्को ठूलो सफलता हात परेको छ।सभापति गोकर्ण बस्नेतलाई मनोज खड्काले नेतृत्व गरेको समिति आधिकारिक रूपमा भंग गरि प्रशासनिक कार्यमा सहज पुर्याउने उदेश्यले भोलि शनिबार सबै कागजपत्र उपलब्ध गराउने खड्काले प्रतिबद्धता जनाएको सोलु काठमाण्डौ सम्पर्क समितिले जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …