तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा । क्यानडाव्यापी फुटवल प्रतियोगितामा खुला तर्फको उपाधि एडमन्टनले हात पारेको छ ।

डाफे क्लवले क्यालगरिमा आयोजना गरेको क्यानडामा रहनुहुने नेपाली समुदायका सवै उमेर समुहको सहभागीता हुने गरि गत आईतवार सम्पन्न क्यानडाव्यापी फुटवल प्रतियोगितामा खुला तर्फको उपाधि एडमन्टनले हात पारेको हो ।

त्यस्तै ४० पुगेका युवा तर्फको उपाधि भ्यान्कुवारले हात पारेको छ । भने ३० प्लसको उपाधि क्यालगरी डाफे युवा क्लवले हात पारेको छ ।

क्याडाको अन्टेरियो, एनमन्टन, भ्यान्कुवार लगायतका क्षेत्रबाट १९ टिमको सहभागिता रहेको प्रतियोगिता यहि सेप्टेम्वर ४ र ५ तारेमा क्यालगरिमा सम्पन्न भएको थियो ।  

कार्यक्रममा पुरस्कार वितरण गर्दै गैरे आबासीय नेपाली संघ एनआरएन क्यानडाका अध्यक्ष दिपक गौतमले मनोरन्जन खेल आयोजनाले सामाजिक एकता बलियो बन्नुका साथै शारिरीक एवं मानसिक स्वाथ्यमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । 

गौतमले एनआरएन क्यानडाले नया पुस्तालाई प्रार्थमिकतामा राखेर काम गर्ने बताउदै युवाहरुले गर्ने कार्यक्रममा एनआरएन क्यानडाले सहयोग गर्ने जोड दिनुभयो । 

त्यस्तै कार्यक्रममा एनसीएससीका अध्यक्ष समिर पाण्डे, सिएनसीएका अध्यक्ष ब्रजेस गौतम, दिपक अधिकारी प्रायोजकका तर्फबाट होमलाईफ २४७ का सुनन्द सुवेदी, हेमराज पाण्डे समेतले पुरस्कार वितरण गर्नुभएको थियो । 

कार्यक्रममा होमलाईफ २४७ रियल्टी ब्रोक्रेज, एनसिएसी, एनआरएन क्यानडा, सिएनसीए लगायतले प्रायोजन गरेका थिए । 

सांस्कृतिक कार्यक्रम 

फुटबलको समापनपछि सोहि सांझ सांस्कृतिक कार्यक्रम समेतको आयोजनामा सहभागि जनाउदै एनआरएन क्यानडाका अध्यक्ष गौतमले एनआरएन सिंगिड आइडल सिजन १ को टफ टेनमा पर्न सफल युवराज गुरुडलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सवैलाई भोट गर्न आग्रह गर्नुभएको थियो 

कार्यक्रममा गायक युवराज गुरुंगले आफ्नो सांगितिक कोशेली प्रस्तुत गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …