तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यु गिनी(पीएनजी)लाई २ विकेटले पराजित गरेको छ ।

पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ६३ बल अगावै पूरा गरेको हो ।

ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीले नेपालले जित निकालेको हो । ओपनरद्वय कुशव भुर्तेल र आसिफ शेखको साझेदारी राम्रो भएपनि त्यसपछि आएका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । 

८२/७ को अवस्थामा पुगेको बेला सोमपाल रोहितलाई साथ दिन मैदान प्रवेश गरेका थिए । रोहित ६५ बलमा ४१ रन जोड्दै आउट भएका थिए भने सोमपालले अविजित रहि ३२ बलमा २२ रन बनाए ।

कुशल भुर्तेल र आसिफ शेख क्रमश: १५ र ३० रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमै आउट भएका थिए । आरिफ शेख ९ र शरद भेषावकर ६ रनमा आउट भए । त्यस्तै कुशल मल्ल १ रनमै आउट भए । पवन सर्राफ भने शून्यमै आउट भए ।

पीएनजीका लागि डेमन राबू, चार्ल्स अमिनी र चाड सोपर र गौडी टोकाले २/२ विकेट लिए । त्यस्तै,नोसैना पोकनाले १ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले ३३ ओभरमा सबै विकेट गुमाउँदा १३४ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …