तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले जितका लागि १३५ रनको सामान्य लक्ष्य पाएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा आज शुरु भएको खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो । 

पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सवै विकेट गुमाएर १३४  रन बनायो । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाउनुभयो । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, किप्लिन डोरिगाले १५, चाड सोपरले अविजित १७, सेसे बाउले १४ र कप्तान असाद भालाले ४ रन मात्र बनाउनुभयो । टोनी उरा र नोसिना पोकाना एक एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाइकनै पेभेलियन फर्किनुभयो । 

पपुवा न्युगिनीको पारीलाई न्यून स्कोरमा खुम्च्याउने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक्लैले चार विकेट लिनुभयो । यस्तै आजको खेलमा डेब्यू गर्नुभएका विक्रम सोबले दुई विकेट लिनुभयो । कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिनुभयो । 

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्न लागेको हो । नेपालले अहिले जवाफी व्याटिङ गरिरहेको छ । नेपालले केहीबेर अघिसम्म ६ ओभरमा बिनाकुनै विकेट २९ रन बनाएको छ । प्रारम्भिक ब्याटस्म्यानद्वय कुशल भुर्तेल र आशिफ शेखले अहिले ब्याटिङ गरिरहनुभएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …