तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा । जिल्लाको फेदीखोला गाउँपालिका– ३ पातीहाल्नामा नेकपा एमाले सहित विभिन्न दल परित्याग गरेर ६२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार पातीहाल्नामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका ३६ जना र अन्य दलहरूबाट २६ जना गरी  ६२ जना युवाहरु कांग्रेसमा प्रवेश गरेको र नवप्रवेशीहरूलाई पूर्वसांसद एवम् युवा नेता राजु थापाले स्वागत गरेका  स्याङ्जा   कांग्रेसले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता थापाले कम्युनिस्टहरूको हर्कतले देशभरिका जनताले दुःख पाएको छ । दुईतिहाइ बहुमत पाउँदा पनि कम्युनिस्टले देश चलाउन सकेनन् । साढे तीन वर्षमै असफल भएर कांग्रेसलाई सरकार चलाइदेउ भनेर विन्तिपत्र हालेको बताएका छन ।

कांग्रेस प्रवेश गर्नेमा सागर पोखरेल, सोनु भुजेल, सागर तिमिल्सिना, सुवास परियार, अमन बिक, मनोज बिक, विकाश बिक, प्रवेश अधिकारी, नवीन पोखरेललगायत ६२ जना रहेका  छन् ।

कार्यक्रम नेपाली कांग्रेस भाटखोलाका सभापति लालबहादुर अधिकारीको सभापतित्वमा भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …