तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने भएपछी कांग्रेस सभापति एव प्रधानमन्त्री शेर बहादुर देउवा भित्र भुकम्प नै गएको छ। 

देउवाका अहिलेसम्मका हरेक साहसिक निर्णय र राजनीतिक उचाइ हासिल गर्न गरिएका प्रयत्नमा दरिलो खम्बा बनेका बिस्वासिलो पात्रको रुपमा लिएका निधी आफु सभापतिमा उठे उनि पछि हट्छन् भन्ने देउवाको बुझाइ रहेको निकट नेताहरूको बुझाई गलत साबित गदै शेरबहादुर देउवा उठे पनि निधिले सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन।

संस्थापन पक्षका हस्ती मानिएका निधिले उम्मेदवारी दिने बताएपछि संस्थापन (देउवा) पक्ष मात्र नभई सिंगो कांग्रेसमा हलचल ल्याएको छ । निधिको उम्मेदवारी चर्चाले कांग्रेसभित्र सानोतिनो हलचल नै पैदा गरिदिएको छ । 

आफूलाई सहयोग नगरे आफूले पनि सहयोग नगर्ने संकेत देउवाले निधिलाई देखाए पनि सभापतिको उम्मेदवार बन्ने आफ्नो तयारी गर्दै शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नु भएको छ   

यतिबेला निधी कार्यकर्तासँग छलफल बाक्लो बनाएका छन् । पार्टीको उपसभापति भइसकेकाले सभापतिमा स्वाभाविक दाबी रहेको निधिको तर्क छ ।

अर्को खेमाबाट पनि दोस्रो पुस्ताका नेताहरुले आफूलाई भावी नेतृत्वको दावेदारका रुपमा प्रस्तुत गरिरहँदा संस्थापन पक्षबाट निधि अघि सरेका हुन् ।

निधिले महामन्त्री र उपसभापतिका रुपमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । सरकारको उपप्रधानमन्त्री भइसकेका कारण उनी पार्टी नेतृत्व हुँदै भावी प्रधानमन्त्रीका रुपमा समेत योग्यता एवं व्यक्तित्व निर्माण गरिसकेका छन् । त्यसकारण पनि उनी स्वाभाविकैले पार्टी नेतृत्वका लागि अघि सर्नु पर्ने कार्यकर्ताहरुको माग रहेको छ ।

निधी नेपाली कांग्रेसमा एक बौद्धिक, कुशल संगठक, शालीन र संस्कारयुक्त राजनीतिका पक्षधर मानिन्छन् । नेपाली कांग्रेसको मूल मताधार तराई भएको र तराईबाट निधी निर्विवाद र सर्वम्मत दावेदार पनि रहेकोले उनको नेत्वृत्वमा कांग्रेसले एउटा नयाँ उचाइ प्राप्त गर्नेछ । 

राजनीतिक परिवारको हुर्काइ अनि लोकतान्त्रिक आन्दोलनबाट खारिएका कारण निधि विचारमा प्रस्ट नेताका रुपमा चिनिन्छन । नेपाली कांग्रेसका संस्थापनकालीन नेता महेन्द्रनारायण निधिका सुपुत्र पनि भएकाले उनमा जन्मजात कांग्रेसी रगत र संस्कार हावी छ । कांग्रेस संगठनमा विरासतको पनि ठूलो भूमिका हुने भएकाले निधिको दावेदारीलाई बलियो बनाएको छ । निधिका हकमा अन्य नेतापुत्रहरु जस्तो केवल पारिवारिक विरासत मात्र उनको राजनीतिक योग्यता होइन ।

निधि नेपाली काँग्रेसका संस्थापक नेताहरू मध्ये एक जो गान्धीवादी नेता भनेर चिनिन्छन, महेन्द्र नारायण निधिका पुत्र पनि हुनुहुन्छ। विमलेन्द्र निधि सानो उमेरको विद्यार्थी कालदेखि नै राजनीतिमा संघर्ष गर्दै गर्दा पटक पटक जेल पर्नु भएको थियो। २०३६ सालमा २४ वर्षको उमेरमा वी पी कोइरालाले उनलाई नेविसंघको अध्यक्ष बनाउनु भयो । त्यस्तै पार्टीको केन्द्रीय सदस्य, महामन्त्री हुँदै हाल पार्टीको उपसभापति हुनुहुन्छ । उहाँले सरकारमा पनि उपप्रधानमन्त्री समेतको जिम्मेवारी सम्हालिसक्नु भएको छ।

निधि मात्र यस्ता नेता हुन्, जसले परिवारको वैचारिक मूल्य र राजनीतिक संस्कारको जगेर्ना गर्दै आन्दोलन र कार्यकर्ताहरुसँग हड्डी खियाएका छन् । पसिना बगाएका छन् । लोकतन्त्रका निम्ति बलिदान गर्न तयार भएका छन् ।

एउटा तीतो यथार्थ के हो भने एउटा समुदायविशेषको दबदबा रहेको कांग्रेसमा कठोर त्याग र तपस्याका साथै कतिपय अवस्थामा अपमान सहेर समेत यो ठाउँमा आइपुगेका हुन् निधी ।

यसरी संगठन र आन्दोलनबाट खारिएको नेतृत्व पाउनु कांग्रेसका निम्ति गौरव हो । तराई क्षेत्रबाट यो तहको नेतृत्व प्राप्त गरेर एउटा विशिष्ट सन्देश प्रवाह गर्ने अवसर पनि हो । सभापति देउवाका निम्ति यो एउटा राजनेता बन्ने अवसर पनि हो । नेपाली कांग्रेसका निम्ति इतिहास रच्ने अवसर पनि हो । निधिलाई अघि सारेर देउवाले एउटा उच्च राजनीतिक संस्कार र त्याग देखाउन सकेमा उनी स्वयंको उचाइ बढ्नेछ ।

चौधौं केन्द्रीय महाधिवेशनको सभापति पदमाका प्रत्यासी विमलेन्द्र निधिले आसन्न चौधौं केन्द्रीय महाधिवेशनसम्मका लागि बानेश्वरमा सम्पर्क कार्यालयको शुभारम्भ गर्नुहुदै उहाँले आफूलाई सल्लाह, सुझाव र प्रतिक्रियाका लागि पनि आग्रह गरेकाछन 

नेता निधिले आगामी महाधिवेशनमा कसैलाई पराजित गर्न, असक्षम देखाउन वा रिटायर्ड बनाउन नभएर नेपाली काँग्रेसलाई मजबुत बनाउने उद्देश्यले आफ्नो सभापतिमा उम्मेदवारी भएको  बताएका छन ।

हिमाल, पहाड र मधेश लगायत आदिवासी जनजाति, महिला, मधेसी, अल्पसंख्यक, दलित, मुस्लिम लगायत सबैले रुख छाप हाम्रो हो भनेर काँग्रेसको भरोसा जित्न सकोस् भन्ने उद्देश्यका साथ सभापतिका आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …