तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भादगाउँ। भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगणको जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको छ । नवदुर्गा द्योछें (देवता घर)को नकीं (मुख्य महिला पुजारी) छनोटमा देखिएको विवाद सहमतिमा समाधान भएसँगै जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको हो ।

जात्रा सञ्चालनका लागि क्षमापूजा गरिने र जात्राका सबै विधिविधान र प्रक्रिया तत्काल थाल्ने सहमतिसमेत भएको छ । स्थानीय जनप्रतिनिधि तथा नवदुर्गा देवगणसँग सरोकार राख्ने विभिन्न समूहको संयुक्त प्रयासले मङ्गलबार नकीं छनोटमा देखिएको विवाद सहमतिमा समाधान भएको हो । सहमतिअनुसार नवदुर्गा द्योछेंको नकींमा इन्दिरा वनमाला नियुक्त हुनुभएको छ । नकींमा दाबी गर्ने हरिगोविन्द वनमालाको परिवारलाई अबको पाँचौँ वर्षमा नकींको पालो दिने सहमति भएको भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वःले बताउनुभयो ।

सहमतिअनुसार इन्दिरा वनमालाले उच्च अदालत पाटनमा दायर गरेको रिट फिर्ताका लागि हरिगोविन्द वनमालाको सहमतिमा मङ्गलबार नै निवेदन दिएको जनाइएको छ । नवदुर्गा द्योछेंमा मङ्गलबार साँझ सरोकारावाला सबै पक्षको सहभागितामा चार बुँदे सहमति भएको जानकारी दिँदै वडाध्यक्ष ज्याख्वःले भन्नुभयो, “आगामी दिनमा पनि यस्ता समस्या आए स्थानीयरूपमै समाधान गर्ने र प्रशासन वा अदालतमा नजाने सहमतिसमेत भएको छ ।”

सहमतिअनुसार यस वर्ष नकीं पालो परेका शेरबहादुर भन्ने श्रीबहादुर वनमालाको तर्फबाट नकीं नियुक्त इन्दिरा वनमालाले झौर पालो वर्ष २०८३ मा यस वर्षका अर्का दाबीकर्ता हरिगोविन्द वनमालाको परिवारलाई नकीं पालो दिने भएको छ । साथै हरिगोविन्दको नकीं पालोमा प्रत्येक ३६ वर्षमा एकपटक आउने इना पालोमा हरिगोविन्दले पाउने कि नपाउने भन्नेमा गोलाप्रथा गर्ने र हरिगोविन्दले पाउने भएमा हरिगोविन्द, श्रीबहादुर र जयमल वनमालाले प्रत्येक १२/१२ वर्षमा नकीं पालो चलाउने सहमति भएको छ । तर गोलाप्रथा गर्दा हरिगोविन्दले नपाउने गोला परेमा त्यस उप्रान्त हरिगोविन्दले कहिले पनि नकीं पालोमा दाबी गर्न नपाउने सहमतिसमेत भएको वडाध्यक्ष ज्याख्वःले बताउनुभयो ।

सहमतिपत्रमा भक्तपुर–७ का वडाध्यक्ष उकेश कवाँ, ९ का वडाध्यक्ष ज्याख्वः, वडा नं ९ का पूर्ववडाध्यक्ष कृष्णभक्त लवजू, विष्णुबहादुर मानन्धर, नवदुर्गा जात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं इना पालो नायो वृजेश वनमाला, इन्द्रबहादुर वनमाला नायो झौर पालो, बुद्धिबहादुर वनमाला नायो क्वाठण्डौँ पालो, कृष्णकुमार वनमाला नायो क्वछें पालो, भैरवबहादुर वनमाला नायो क्वछें पालो, सूर्यबहादुर वनमाला नायो क्वाठण्डौँ पालो, हरिकृष्ण वनमाला, अमरकृष्ण वनमाला, नारायणमान वनमाला, देवगणगुरु दयाराम वनमाला, शिवभक्त वनमाला, वनमाला समाज सेवा समितिका अध्यक्ष आशाकाजी वनमाला, उपाध्यक्ष गोविन्द वनमाला, कोषाध्यक्ष तुल्सीरामा वनमाला, नवदुर्गा देवगण जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमाला, रिट निवेदक हरिगोविन्द वनमाला, कृष्णराम वनमाला, कृष्णसुन्दर वनमाला र श्रीबहादुर वनमालालगायतले हस्ताक्षर गरेका छन् । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …