तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सर्लाही। चन्द्रनगर गाउँपालिकामा सांसद विकास कोषबाट प्राप्त भएको रु १५ लाख कागजी प्रतिवेदन मै सम्पन्न गरिएको जनगुनासो छ । वडा नं १ को किसनपुरस्थित सडक मर्मतका लागि निकासा भएको सो रकम काम नै नगरी सकिएको  आरोप लगाइएको हो   

गाउँपालिकाले असार १५ गते नै सडक स्तरोन्नति भइसकेको भन्दै प्रतिवेदन तयार पारेपनि स्थानीयवासीले कामै नभएकोे बताउँदै आएका छन् । स्थानीय रामवृक्ष महतोको घरदेखि भैसियाहीसम्मको सडक स्तरोन्नतिका लागि आएको सो रकम गाउँपालिका अध्यक्ष र वडाध्यक्ष मिलेर अनियमितता गरेको सोही स्थान निवासी  अवधलाल रायको आरोप थियो ।

 उहाँले भन्नुभयो, “अहिले पनि यो सडक पुरानै अवस्थामा छ, सांसदले उपलब्ध गराएको रकम कहाँ गयो थाहा छैन । जिल्लामा विकासको काम गर्दा कम्तीमा आधामात्र भए पनि काम गर्ने गरिन्थ्यो तर यहाँ एक मुठी माटो र बालुवा पनि हालिएको देखिएन ।

आर्थिक वर्ष २०७७÷७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत आएको सो रकमबाट  कागजीरुपमा भइसकेको देखाइएको अर्का स्थानीयवासी राजकुमार महतोको गुनासो थियो   

आफूहरुले इमान्दारीपूर्वक काम गर्दा पनि अनियमितता भएको भन्दै झुटा कुरा गरेर बदनाम गर्ने कार्य गरिएको  गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताउनुभयो । सडकको स्तरोन्नतिका लागि स्थानीयवासीको स्वीकृत योजनाअनुसार भेलाबाट उपभोक्ता समिति गठन गरी रामवृक्षको घरदेखि बेचन पासवानको घरहँुदै भैसियाही खोलासम्मको सडक स्थानीय सरकारको निर्देशिका र मापदण्दअनुसार स्तरोन्नति गरिएको उहाँको जिकिर थियो ।  

अध्यक्ष महतोले गाउँपालिकाको प्रतिक्रियाबिना एकतर्फी समाचार बनाइ केही सञ्चारमाध्यमले पीतपत्रकारिता गरेको आरोप पनि लगाउनुभयो । जुन सडकमा योजनाअनुसार काम भएको छ, त्यसलाई नदेखाई खाल्टो भएको सडकलाई आधार बनाएर  समाचार सम्प्रेषण गर्नेलाई पनि कानूनी दायरामा ल्याउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

 उक्त सडक मर्मतमा जनसहभागितासहित रु १६ लाख ७७ हजार खर्च भएको कुनै अनियमितता नभएको जिकिर गर्दै अध्यक्ष महतोले रामवृक्षकोे घरदेखि भैसियाहीसम्म तीनवटा सडक रहेकामा एउटा सडक मात्र स्तरोन्नति गरिएको र  सोहीअनुसार उपभोक्ता समितिलाई भुक्तानी दिइएको जानकारी दिनुभयो   

सोही वडाका वडाध्यक्ष बच्चे राय यादवले सो स्थानमा  कामै नभएको भन्दै साउन ५ गते गाउँपालिकामा उजुरी दिनुभएकामा पछि विचार परिवर्तन गर्नुभएको थियो । पहिले तोकिएको भन्दा अर्कै सडक स्तरोन्नति भएको छ भन्ने सुनेको छु कामै नभएको होइन, काम भएको तर सडक फरक परेको हुनसक्ने सांसद प्रमोद साहले बताउनुभयो ।

उहाँका अनुसार ‘जुन सडकमा काम गर्नुपर्ने हो, त्यहाँ काम भएको देखिएको छैन,’‘मेरो सहमतिबिना योजना अर्कै ठाउँमा सारिएको रहेछ ।’  अर्को ठाउँमा काम गरिए पनि योजनानुसार नगरिएकाले  यस्तो काम गर्नेलाई कारवाही गरिने बताउनुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …