तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ‘ आर्थिक पत्रकारिता– हाते किताब’ सार्वजनिक गरेको छ । आर्थिक समाचार के हो ? र कसरी लेख्ने भन्नेबारेमा आर्थिक पत्रकारिता गर्न चाहने र गरिरहेका पत्रकारलाई उपयोगी हुने विश्वास गरिएको पुस्तक अर्थमन्त्री जनार्दन शर्माले आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो ।

पुस्तक सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको विषयमा चासो राख्ने सबैलाई पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरोकार भएका सबै तह र तप्काको सार्थक सहयोग जरुरी रहेको बताउनुभयो ।

उहाँले आर्थिक पत्रकारितामा संलग्न एवं नयाँ आउन चाहनेलाई पुस्तकले मार्ग दर्शन गर्ने भन्दै महत्वपूर्ण प्रकाशन गरेकामा सेजनलाई धन्यवाद दिनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख प्रा चिरञ्जीवी खनालले पुस्तक पत्रकारिताका विद्यार्थी अध्येताका लागि सहयोगी र पाठ्य सामग्रीका रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक पत्रकारिताका अवधारणा र प्रयोगका साथै नेपालको अर्थ जगतका विधि आयाम समेटिएको पुस्तकले पत्रकारिता जगत्लाई बढी तथ्यपरकरुपमा प्रस्तुत हुन थप प्रेरणा दिने उहाँको भनाइ छ । पुस्तकका आर्थिक पत्रकारिताको परिचय, समष्टिगत अर्थतन्त्रः राष्ट्रिय आय, मौद्रिक नीति र उसका उपकरण, पूँजी बजारः काम कसरी ? नियमन कसरी ? लगायत अर्थतन्त्रका विभिन्न १४ क्षेत्र समेटिएको छ ।

यस्तै, आर्थिक पत्रकारिता गर्ने पत्रकारको आचारसंहिता, आर्थिक पत्रकारिताका अङ्कको प्रयोगलगायतका विषय समावेश गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …