तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुपाल्चोक। विसं २०७२ को गोरखा भूकम्पले सर्वाधिक क्षति पु¥याएको जिल्लामा भूकम्पपछिको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । गुनासो सम्बोधनसमेत गरेर कूल ९१ ह्जार सात लाभग्राहीमध्ये ८९ हजार ३५३ ले सम्झौता गरेर पहिलो किस्ता लिएको पुनःनिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का निमित्त आयोजना प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभयो ।

सम्झौता गरेकामध्ये घर निर्माण शुरु गरेर ८५ हजार ९०८ अर्थात् करीब ९८ प्रतिशतले दोस्रो किस्ता लिएर डिबिसी गरिसकेको र ९४ प्रतिशतले तेस्रो किस्ता लिएका उहाँले बताउनुभयो । अब छ प्रतिशतले तेस्रो किस्ता लिन बाँकी रहेको प्राधिकरणले जनाएको छ । मापदण्ड भन्दा बाहिर गएर घर बनाएका लाभग्राहीले इञ्जिनीयरले भने बमोजिम घर बनाउने कबुलियतनामा गरेमा अनुदान दिइने निरौलाले जानकारी दिनुभयो ।

त्यस्तै पहिलो एकीकृत बस्ती शुरु गरेको जिल्लामा २१ एकीकृत बस्तीमध्ये चारको मात्र केही काम बाँकी छ । सबै बस्तीमा सामुदायिक भवन, सडक, बिजुली, खानेपानीलगायत काममा सहयोग गरिएको उँहाको भनाइ छ ।
जिल्लाका सरकारी भवन १७ वटा नै निर्माण सम्पन्न भइसकेका छन् । वैशाखमा जिल्ला हुलाक कार्यालय हस्तानतरण गरिएसँगै सरकारी भवन निर्माण सम्पन्न भएको उँहाले बताउनुभयो । पैतीस स्वास्थ्य संस्थामध्ये केही निर्माण सम्पन्न भएका र अधिकांश निर्माणधीन रहेका छन् । बरुवा, साने सिरुवारीको स्वास्थ्य संस्था हस्तान्तरण भइसकेको र बाँसबारी अन्तिम चरणमा छ ।

जिल्लामा बन्ने पुरातात्विक सम्पदा गुम्बा सातमध्ये छको डिपिआर भइसकेको छ । मेलम्चीमा एक, हेलम्बुमा चार, ईन्द्रावतीमा एक र लिस्तीकोटमा एक गरी निर्माण गरिने सात गुम्बामध्ये छको डिपिआर भएको हो । लिस्तीकोट गुम्बाको पनि चाँडै काम शुरु गरिने उहाँले जानकारी दिनुभयो । निजी आवस निर्माणको समय सीमा २०७८ पुस ९ गतेसम्म भए पनि स्वास्थ भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेर मात्र बिदा हुने निरौलाले जानकारी दिनुभयो ।
–––

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …